
Ggp
Lnp
Msbus
Asbus
Rgp
Ksbus
Ksbus
Sdc
Ggp

दाङ । नेपाल नेत्रज्योति संघ दाङ र आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जले मंगलबार राजपुर गाउँपालिकामा पुगेर नव निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन तथा शुभकामना व्यक्त गरेको छ ।
नव निर्वाचित गाउँपालिका अध्यक्ष,उपाध्यक्ष तथा वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रत्येक राजपुर गाउँपालिकाको वडा नम्बर १ देखि वडा नम्बर ७ का वडा कार्यालयमा पुगेर बधाई ज्ञापन एवं शुभकामना दिएको हो ।
त्यस्तै उक्त कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङ शाखाका उपसभापति रेशम बहादुर खड्का, आजिवन सदस्य सकुन्तला डिसी,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगज्नका प्रमुख प्रशासक शम्सेर थापा लगायतले बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा जनप्रतिनिधिहरुले संघद्वारा संचालित लमही आँखा अस्पतालसंगको साझेदारी र सहकार्यमा आगामी दिनहरुमा दृष्टिबिहिन्ता (अन्धोपन)लाई न्यूनीकरण गर्ने कार्यमा सहकार्य गर्ने नव निर्वाचित गाउँपालिका अध्यक्ष तथा वडा अध्यक्षहरुले प्रतिबद्धता जनाउनु भएको छ ।

