
Unsku
Rgp
Sgr
Rgp1
Djs
pku
Gfs
Srbpu
Pbu
Pes
Ggp
cjs
sbs
Lnp

Bbbpu
Ssm
Rsb
Asm
Rgu
Ggd
Vor
Sbs
Hal
Gst
Wsp
Sls
nsb
Ksm
Tsm
Pvg
Bbu
Rgu
Rgs

Gsb
Ptm
Jmb
Rpp
Abd
Rmb
Bml
sab
Jmb
bbt
Pls
Syp
Mks
दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ मा लेख बहादुर थापा वडाअध्यक्षमा निर्वाचित भएर आएपछि वडाका नागरिकहरुलाई निःशुल्क आँखा चेक– जाँचको शिविर संचालन गरि पहिलो निर्णयलाई कार्यान्वयन गर्नु भएको पाइएको छ ।
पदभार ग्रहणको लगत्तै नेपाल नेत्रज्योति संघ दाङ र लमही आँखा अस्पताल संगको समन्वय सहकार्य तथा प्राबिधिक सहयोगमा आफ्नै पहलमा निःशुल्क आँखा स्वास्थ्य शिविर संचालन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
यसको लागि वडामा छुट्टै बजेट छैन ।गाउँपालिकालाई आग्रह गर्नुपर्ला भएन भने आफै खर्च ब्यहोर्नु पर्ला–अध्यक्ष थापाले भन्नुभयो । हामी नयाँ जनप्रतिनिधी चुनिएर आएपछिको पहिलो हाम्रो निर्णयलाई कार्यान्वयन गर्न थालेका हौं,अध्यक्ष थापाले भन्नु भयो ।
यसैबिच सोमवार एक कार्यक्रमका बीच अध्यक्ष थापाले आँखा शिविरको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्ण गिरी,उपसभापति रेशम बहादुर खड्का, सल्लाहकार उमाकान्त पन्त,सकुन्तला डिसी, प्रशासकीय अधिकृत शमसेर थापा,नेत्र अकिृत लालबहादुर चौधरी,ब्यवस्थापन अधिकृत मिना थापा मगर,सूचना अधिकृत बालाराम खड्का लगायतले शिविर उद्घाटन कार्यक्रममा नवनिर्वाति अध्यक्ष थापालाई स्वागत तथा बधाई ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष थापाले नागरिकहरुको आँखा स्वास्थ्यलाई महत्वपुर्ण ठान्दै पहिलो निर्णय कार्यान्वयन गर्न निःशुल्क आँखा शिविर र मोतिया बिन्दुको अपरेशनको कार्यक्रम आयोजना गरेको बताउनुभयो । वडाको समग्र बिकास र समृद्धिका लागि आम नागरिकहरुको साझा जनप्रतिनिधि बनेर काम गर्ने प्रतिवद्धता समेत उहाँले जाहेर गर्नुभएको छ ।
आँखा शिविरबाट मोतिया बिन्दुको अपरेशन गर्नु पर्ने नागरिकहरुको निःशुल्क अपरेशन गरिने बताइएको छ । कार्यक्रममा वडा सदस्यहरु निर्मला परियार,पल्टुराम यादव,खिमा डाँगी र नरेश चौधरीको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन वडा सचिव दिलीप कुमार आचार्यले गर्नुभएको हो ।
त्यस्तै शिविरमा २ सय ४९ जनाको चेकजाँच गरिएको थियो । उक्त जाँचबाट ५० जनालाई मोटिया बिन्दु देखिएको छ । २० जनालाई यहीँ जेठ १२ गते लमही आँखा अस्पतालमा शल्यक्रियाको लागि पठाइन्छ भने २० जनालाई दोस्रो लतमा र १० जनालाई तेस्रो लतमा पाइने वडा अध्यक्ष लेख बहादुर थापाले जानकारी दिनु भयो ।

