
Rgp
Ggp
Ggp
Ksbus
Ksbus
Msbus
Sdc
Asbus
Lnp

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ बेला प्रतापपुरमा रहेको बेला स्वास्थ्य चौकी व्यवस्थापन समितिको समिक्षात्मक बैठक बिहीबार सम्पन्न भएको छ ।
नेपाल सरकारद्वारा २०७५ सालको जारी निर्देशिका बमोजिमको प्रत्येक स्वास्थ्य चौकीमा स्थानीय तहमा जननिर्वाचित जनप्रतिनिधि लगायत अन्य विभिन्न निकायका प्रतिनिधि रहने गरि १० जनाको समिति गठन गरिए अनुसार बेला स्वास्थ्य चौकीमा गठन भएको समितिको समिक्षा बैठक भएको हो ।
राजपुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष रामछोरे यादवको अध्यक्षतामा सम्पन्न भएको बैठकले स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचनद्वारा नयाँ जनप्रतिनिधि आउने र पुराना जनप्रतिनिधिको बिदाई हुने भएको हुँदा आर्थिक वर्ष २०७८/० ७९ मा गरिएको कार्यको समिक्षा गरिएको बेला स्वास्थ्य चौकीका अहेव रुपलाल पाण्डेले बताउनु भयो ।
बैठकमा,वडा नम्बर ३ का वडा दलित महिला सदस्य दिलमाया बि.क,वडा नम्बर २ का वडा सदस्य शान्ति चौधरी,वडा नम्बर ३ का सचिव जमुना चौधरी,बेला स्वास्थ्य चौकीका इन्चार्ज भानु प्रकाश चौधरी,शंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोक प्रसाद यादव,समाजसेवी एवं बुद्धिजीवी राजबहादुर यादव लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै बैठकमा उक्त स्वास्थ्य चौकीमा वर्ष भरि गरिएको गतिविधिको बारेमा पुराना कार्यसमितिलाई स्वास्थ्य चौकी अहेव रुपलाल पाण्डेले जानकारी गराउनु भयो । अहेव पाण्डेका अनुसार अहिले पूरा कार्यसमितिलाई हालसम्मका गतिविधिको बारेमा जानकारी गराएको र बाकी सम्पूर्ण वार्षिक आयव्यय लेखापरीक्षण गरेरमात्र प्रस्तुत गर्ने बताउनु भयो ।
यसैगरी बेला स्वास्थ्य चौकीको स्तरउन्नतिको लागि धेरै योजना बनाएर अघि बढी रहेको हुँदा अब आउने नयाँ जनप्रतिनिधिसंग सहकार्य एवं समन्वय गरि अघि बढ्ने अहेव पाण्डेले बताउनु भएको छ ।
अहिले बेला स्वास्थ्य चौकीले राजपुर गाउँपालिकाको वडा नम्बर १,२,३ नम्बर वडा क्षेत्रका नागरिकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

