Sidha Patra शुक्रबार, बैशाख ३०, २०७९

काठमाडौं । निर्वाचन सकिए पछि सिल गरेकाे मतपेटिका लिएर स्थानीय नै भागेका छन् ।

रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर २ भिडियाहीमा मतपेटिका स्थानीयले लिएर भागेको खबर प्राप्त भएको र तत्काल केही बेरमै सुरक्षितका साथ सुरक्षाकर्मीले मतपेटिका नियन्त्रणमा लिइसकेको र सुरक्षित रहेकाे प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए ।

यसबारे थप अनुसन्धान भइरहेको र त्यहा नजिकैको थप सुरक्षा टाेली समेत अहिले परिचालन गरिएको प्रजिअ अधिकारीले बताए ।

उक्त मतदान स्थलमा दिउसो केही विवाद उत्पन्न भएको र त्यहि विवादले गर्दा अन्तिम समयमा अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीले छलफल गरिरहेकाे बेला दुई जना एक्कासि आएर लिएपछि,सुरक्षा कर्मीकाे टाेलिले पिच्छा गरेर नियन्त्रणमा लिएको प्रजिअ अधिकारीले बताए । उक्त घटनापछि फितलो सुरक्षाका कारण घटना भएको भन्दै आलोचना भइरहेको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]