
Pbu
Unsku
Sds
Rgp
Djs
cjs
Cps
Rmb
pku
Gis
Srbpu
Lnp
Pes
Rgp
Rgp1
Gfs
Ggp
Sgr
sbs

Ksm
Ggd
Rsb
Vor
nsb
Sbs
Sls
Wsp
Ssm
Bbbpu
Hal
Rgu
Bbu
Rgs
Asm
Tsm
Rgu
Pvg
Gst

bbt
Rmb
Syp
sab
Bml
Mks
Gsb
Pls
Abd
Rpp
Jmb
Jmb
Ptm
दाङ । देउखुरी राजपुर गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को निति तथा योजना तर्जुमा कार्यक्रम मार्फत विनियोजित योजनाको संशोधन सातौं गाउँ सभा सोमबार राजपुर गाउँपालिकाको गाउँसभा हलमा सम्पन्न भएको छ ।गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत रेवन्त बहादुर डांगी एवं सम्पुर्ण जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा सम्पन्न भएको संशोधन सातौं गाउँ सभाको पाँचौ बैठक मार्फत २०७७/०७८ विनियोजित निति तथा योजना तर्जुमा कार्यक्रम कार्यक्रमको संशोधन योजना तथा बजेट पारित गरिएको हो।गएको असार १० गते संविधानको निति र नियम अनुसार बसेको सातौं गाउँ सभाले आगामी आर्थिक बर्षका लागि ५० करोड ८७ लाख १७ हजारको बजेट बिनियोजन गरेको थियो । उक्त बजेटमा चालू तर्फ १० करोड,१३ लाख,६७ हजार र पूंजीगत तर्फबाट ४० करोड,७३ लाख,५० हजारको आयव्यय विवरण प्रस्तुत भएको थियो ।
केहि योजनाहरु कार्यपालिकाको पाचौं बैठक मार्फत निचोडको आधारमा संशोधन गरिएको हो । असार २८ गतेको कार्यपालिका बैठक द्वारा कृषि विकास,पशु विकास,महिला विकास,जेष्ठ नागरिक,अपांग हाम्रा साथी,युवा लक्षित कार्यक्रम,महिला लक्षित सीप तथा उद्यमशील तालिम,दलित,जनजाती,मुस्लिम तथा पिछडा वर्ग उद्यमशील सिपविकास तालिम,गापा स्तरीय भैसिपालन तालिम,लगायत अन्य भौतिक पुर्वाधारका योजनाहरु संशोधन गरिएको छ ।त्यस्तै सातौं गाउँ सभाको समापन घडीमा आर्थिक वर्ष २०७७/०७८ मार्फत विनियोजित योजना तर्जुमा तथा निति कार्यक्रमलाई सफलताको शुभकामना दिदै सभासदहरुले गाउँपालिका र वडा पालिका बीचको सम्बन्ध जति सुमधुर छ । त्योभन्दा सम्बन्धलाई अझ प्रभावकारी ढंगले संचालन गर्नको लागि आचार संहिताको पालना गर्दै एक अर्कामा समन्वय र सहकार्य हुन जरुरी रहेको बताउनु भएको छ ।
त्यसैगरी राजपुर गाउँपालिकाको समग्र विकास निर्माणको कार्यलाई अघि बढाउन र विनियोजित भएको बजेट मार्फतको काम कार्यको समिक्षा गर्दै गाउँपालिकाको हरेक विकास निर्माणलाई रपतार हिसाबले संचालन गर्नको लागि पहिले कर्मचारी तथा कार्यालय व्यवस्थापन गर्न जरुरी रहेको सभासदहरुले मन्तव्य मार्फत जोड दिनु भयो । त्यस्तै सभासदहरुले सातौं गाउँ सभा सम्म आइपुदा गाउँपालिका अध्यक्षले कुनै भहुमत र अल्पमतलाई नहेरेर गाउँ कार्यपालिकाका सभासदहरुलाई निस्पक्क्षय ढंगले नेतृत्व गर्दै एउटा कुशल अभिभावक्तको भुमिका निर्भा गर्न सफल भएको शुभकामना मन्तव्य मार्फत बताउनु भएको हो । सातौं गाउँ सभाको सम्पन्न कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष दुर्गा प्रसाद शर्मा वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारी,वडा नम्बर ६ का अध्यक्ष श्याम बहादुर रोका,कार्यपालिका सदस्य दिलमती वलि,लिलाराम विक,पुष्कर वलि,वडा नम्बर २ का सदस्य गुरुप्रसाद विक अर्जुन जिसी लगायतकाले सातौं गाउँ सभाबाट विनियोजित भएको निति तथा कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।
गाउँपालिकाको सातौं गाउँ सभालाई समापन गर्दै अध्यक्ष लोकराज केसीले आफ्ना सहकर्मी जनप्रतिनिधि तथा कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिनु भएको छ । विश्व लगायत नेपालमा हालसम्म महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-19)को कारण गएको वर्षमा विकास निर्माणको लागि विनियोजित भएका बजेट तथा योजनाका कामहरु थप्प भएर केही परिणामबाट पछाडि परेको बताउनु भएको छ । गाउँ सभालाई समापन गर्दै अध्यक्ष केसीले आफुहरु पहिलोपटक निर्वाचित भएर गाउँपालिकामा आइसकेपछि पहिलो योजना तथा तर्जुमा एवम् निति र कार्यक्रम मार्फत बजेट विनियोजित गरेको समयलाई स्मरण गर्नु भयो । त्यतिबेला नितिको अभाव,कर्मचारी तथा फातको अभाव हामी आफै अनवीज्ञ थियो । बजेट कसरी विनियोजित गर्ने भन्ने बिषयमा त्यति धेरै ज्ञान् थिएन । आज केहि बुझेर रपतारमा विकास गर्न खोजीरहेका छौँ । दैवीप्रकोपले हाम्रो कार्यमा अबरुद्ध गरिरहेको छ । उहाँले सभा मार्फत भन्नू भयो । भाइरसको कुनै ठेगान छैन ।
अझै कतिसम्म लकडाउन थपिने हो । हाम्रो ३ वर्षको कार्यकाल पनि गयो । तर भनेको जस्तो र सन्तोष जनक विकास निर्माणको काम गर्न सकेका छैनौं उहाँले भन्नू भयो। सातौं सभामा उपस्थित सम्पुर्ण सभासदलाई सम्बोधन गर्दै अध्यक्ष केसीले अबको बाकी कार्यकालमा सबैजनाले राजपुर गाउँपालिकाको समग्र विकास सामाजिक,आर्थिक सांस्कृतिक, धार्मिक,स्वास्थ्य,शिक्षा लगायतको क्षेत्रलाई मुख्य निशाना बनाएर अहोरात्र खटेर आफ्नो कार्यकालमा केही विकासको अनुभुती जनतालाई दिलाउनु पर्ने बताउदै यो अभियानमा सम्पुर्ण जनप्रतिनिधि, कर्मचारी र राजपुर गाउँपालिकाका विभिन्न राजनीति दल समाजसेवी एवम् बुद्धिजीवी र आम नागरिकलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न हार्दिक अपिल गर्नु भएको छ ।
