
Rgp
Rmb
sbs
Srbpu
Pes
Cps
Djs
Lnp
cjs
Sds
Gis
Gfs
Rgp
Sgr
Ggp
Unsku
Rgp1
pku
Pbu

Wsp
Rgu
Hal
Rgu
Vor
Ggd
Rgs
Ksm
Rsb
Gst
Sls
nsb
Asm
Tsm
Ssm
Bbbpu
Pvg
Bbu
Sbs

Syp
sab
Ptm
Rpp
Mks
bbt
Bml
Gsb
Jmb
Abd
Jmb
Rmb
Pls
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा मानव विकास सुचांकमा पछाडि परेका समुदायको जीवनस्तरमा सुधार ल्याउने उदेश्यले संचालन रहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको सोमबार प्रदेश सभा सदस्य र जिल्ला समन्वय समिति दाङले अनुगमन गरेको छ ।
राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसीकाे अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरु रेवतीरमण शर्मा,दामा शर्मा,सरस्वती गाैतम,जिल्ला समन्वय समिति दाङका सभापति जितेन्द्रमान नेपाली,सो समितिका सदस्य जक्तबहादुर बस्नेत,समितिका प्रमुख अधिकारी सावित्रा पुन(थापा)राजपुर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा भएको अनुगमन छलफल कार्यक्रममा अहिले लकडाउनका कारण याेजना संशोधन गरेर कार्यक्रम गरेकाे जानकारी गराइएको थियो ।सो अवसरमा प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरुले सिमान्तकृत तथा विपन्न समुदाय नागरिकको जीवनस्तर माथि उकास्नेगरी राेजगारी,पिछडिएको क्षेत्रमा प्रवर्द्धन हुने खालका कार्यक्रम र बजेट याेजना दुबै केन्द्रित गर्न छलफल मार्फत सुझाव दिनु भएको हो ।
त्यस्तै छलफल कार्यक्रममा विशेष बाख्रा स्राेत विकास,स्वराेजगार,बाल शिक्षा व्यवस्थापन,शैक्षिक सामाग्री वितरण लगायतका कार्यक्रम हाल संचालन गरिएको छलफल कार्यक्रममा जानकारी गराइएको छ ।अहिले राजपुर गाउँपालिकामा ५० लाखको बजेट मार्फत कार्यक्रम संचालन रहेको छ भने आगामी आर्थिक वर्षमा दश लाख बजेट थप भएर ६० लाखको कार्यक्रम संचालन गर्ने तयारी भैरहेको छलफल कार्यक्रममा सांसदहरुले बताउनु भएको थियो ।
त्यस्तै सो अनुगमन कार्यक्रममा आउनु भएका प्रदेश सभा सदस्य तथा जिल्ला समन्वय समिति र पत्रकारलाई हार्दिक धन्यवाद दिदै गाउँपालिका अध्यक्ष लोकराज केसीले राजपुर गाउँपालिका भित्रमा संचालन रहेको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तरगत हरेक गतिविधि र गत वर्षको अनुभव संगै आगामी वर्षको बजेट र कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने र लक्ष्यित वर्गको माझ सम्म पुर्याउन र यसबाट उद्यमशील कसरी बनाउने भन्ने पक्क्षयमा आफुहरु सम्भवत प्रत्यशिल रहेको बताउनु भयो ।त्यस्तै उहाँले गाउँपालिका,प्रदेश तथा केन्द्रका हरेक कार्यक्रमहरु प्रभावकारी ढंगले लक्ष्यित वर्गसम्म पुर्याउन राजपुर गाउँपालिकाको सम्पुर्ण टिम अहोरात्र खटेर लागि परेको बताउनु भएको छ । त्यसैगरी अध्यक्ष केसीले पहिलेको तुलनामा अहिले मानिसहरु धेरै चेतनशील भएको र बिस्तारै बदलिँदै गएको समेत छलफल कार्यक्रम मार्फत बताउनु भएको थियो । सो अनुगमन कार्यक्रमकाे सहजिकरण कार्यक्रमका सहजकर्ता गिरीराज भट्टले गर्नु भएको थियाे ।
