Sidha Patra शनिबार, बैशाख १०, २०७९

दाङ । देशको समृद्धीका लागि निजी क्षेत्र राज्यसंग सहकार्य गर्न तयार रहेको निजी क्षेत्रका अगुवाहरुले बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको १७ औं साधारण सभाको उद्घाटन कार्यक्रममा वोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । सबै मिलेर देशको आर्थिक विकासमा अगाडि वढनु पर्ने भन्दै यस राज्यले निजी क्षेत्रसंग सहकार्य गर्नु पर्ने बताएका थिए । आफुहरु राज्यका तीन वटै सरकारसंग सहकार्य गरेर अगाडि बढन तयार रहेको समेत उनीहरुले बताएका थिए । तर राज्यको तर्फबाट निजी क्षेत्रसंग प्रभावकारी रुपमा समन्वय हुन नसकेको उनीहरुले गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले समृद्धीको यात्रामा निजी क्षेत्रसंग संगै अगाडि बढन तयार रहेको बताए । ‘हामी राज्य तथा हरेक क्षेत्रसंग सहकार्य गरेर अगाडि वढन तयार रहेका छौ’अध्यक्ष शर्माले भने ।

आर्थिक क्षेत्रको विकास हुन सकेमा मात्र देशको विकास गर्न सकिने उनको भनाइ रहेको थियो । ‘राजनितीक दलहरुले निर्वाचनमा आफना घोषणा पत्रमा आर्थिक मुद्दालाइ प्राथमिक्ता दिनु पर्दछ ’ उनले भने । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निजी क्षेत्रले देशको विकासमा सहयोग पुर्‍याएको बताए । जिल्लामा पुर्वाधारको विकासमा उद्योग वाणिज्य संघले महत्वपुर्ण भुमिका खेलेको उनको भनाइ रहेको थियो ।

दाङ जिल्ला उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्विनी प्रदेशका निवर्तमान उपाध्यक्ष हेमराज बन्जाडेले राज्यले निजी क्षेत्रलाई सम्मानीत र उत्साहित वनाउने निती ल्याउनु पर्ने बताए । यस प्रकारको निती राज्यले ल्याएमा निजी क्षेत्र लगानी गर्नका लागि अगाडि बढने समेत उनले बताए । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जिल्लाको विकासका लागि एरपोर्टको नियमित सञ्चालन हुनु पर्ने बताए । अहिले तुलसीपुरमा रहेको एरपोर्टको धावन मार्गको विस्तार गर्न राज्यलाइ दवाव दिनका लागि निजी क्षेत्र अगाडि बढेको बताए ।

कार्यक्रममा प्रेस काउन्सीलका सदस्य शरद अधिकारी,नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ,राष्ट्रिय जनमोर्चाका समन्वय समितिका रेशम बिसी,गढवा उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष युवराज पोख्रेल,दाङ देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष दिपेन्द्र पुन, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल के सी,दाङ चेम्वर अफ कमर्शका अध्यक्ष बलदेव योगी,सिसहनीया उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णवहादुर वुढाथोकी,संघका निवर्तमान सचिव माया पोख्रेल, नेपाल पत्रकार महासंघ दाङ शाखाका पुर्व अध्यक्ष सविन प्रियासन लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वार्षिक प्रतिवेदन संघका महासचिव महेन्द्र वुढाथोकी र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शुसिल पोख्रेलले प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागिलाइ धन्यावाद ज्ञापन संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकी र सचिव नरेशकुमार श्रेष्ठले गरेका थिए । विभिन्न व्यक्तिलाइ पुरस्कृत तथा सम्मान संघको साधारण सभाको अवसरमा उद्योगी, व्यवसायी तथा विभिन्न माध्यम वाट संघको विकासमा सहयोग पुर्‍याउनेलाइ पुरस्कृत तथा सम्मानीत गरिएको थियो । त्यस अवसरमा उद्योगी आरती शाह, व्यवायी सिताराम वन्जाडे, केशव पन्त, पत्रकारीता क्षेत्र वाट आपदक के सी, कर्मचारी गणेश सुनार लाई नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यसैगरेर कोभिडको समयमा अक्सीजन व्यवस्थापनमा सहयोग पुर्‍याउनेहरुलाई समेत सम्मान गरिएको थियो । संघले साधारण सभाको अवसरमा आयोजना गरेको विभिन्न प्रतियोगीताका विजेताहरुलाइ पनि पुरस्कार प्रदान गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]