Sidha Patra शुक्रबार, बैशाख ०९, २०७९

दाङ । दाङमा आज पहिलो दिनको एसइई परीक्षा सान्तपूर्वक रुपमा सम्पन्न भएको छ । यस वर्ष जिल्लाबाट १३ हजार १ सय ५२ परिक्षार्थी परीक्षामा सहभागी हुने भनिए पनि नियमित तर्फबाट दुई सय २८ जना विद्यार्थी अनुपस्थित भएका छन् ।

जसमा छात्रा एक सय १५ र छात्र एक सय १३ जना विद्यार्थी अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाई केन्द्र दाङका प्रमुख मित्र गौतमले जानकारी दिनुुभएको छ ।

यसैगरी गे्रड वृद्धितफ २५ जना छात्रा र १६ जना छात्र गरेर ४१ जना विद्यार्थी अनुपस्थित भएको उहाँको भनाई रहेको छ । कोरोना संक्रमणका कारण दुई वर्ष हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) यसवर्ष भने भौतिक रुपमै आजबाट सुरु भएको हो ।

यसअघि दुई वर्ष विद्यालयकै मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक भएको थियो । यसपालि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेको प्रश्नपत्रकै आधारमा विद्यार्थीले परीक्षा दिएका छन् ।
एसईई परीक्षाका लागि देभरका दुई हजार सात परीक्षा केन्द्र निर्धारण गरिएको जनाईएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]