
Gsbg-3
Rksr-7
Jsbg-7
Msbg-2
ksbl-7
Pbu
Gsbr-6
Usbl-7
Csbg-7
jsbr-3


दाङ । दाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
आज एक कार्यक्रमका बीच जिल्ला अदालत घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालयको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सबै लाग्नु पर्ने बताउनुभयो ।
उहाँले २०७४ को निर्वाचनमा जस्तो यस पटक निर्वाचनलाई बहिष्कार नै गरेर डरत्रास सृजना गर्ने पार्टी नभएको बताउनुभयो । जसले निर्वाचन भयरहित र लोकतान्त्रिक रुपमा हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले निर्वाचन शान्त रुपमा बनाउन राजनीतिकि दलहरुको भूमिका हुने बताउनुभयो । अघिल्लो ०७४ मा खुल्ला ठाउँमा समेत मतगणना भएको स्मरण गर्दै उहाँले यस पकट पनि सोहि वातावरण गराउन सबैको साथ आवश्यक हुने उल्लेख गर्नुभयो ।
यस्तै मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले निर्वाचन निष्पक्ष, भयरहित, पारदर्शी तथा विश्वसनीय बनाउन आफू सधैं तत्पर रहेको भन्दै जसका लागि सबैले साथ दिनुपर्ने धारणा राख्नुभयो । उहाँले राजनीतिक दलहरुलाई आचारसंहिता लागू गर्न पनि आग्रह गर्नुभएको छ ।
