Sidha Patra बिहिबार, बैशाख ०८, २०७९

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा ३ दिने शान्ति पुन:स्थापना तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा महिलाहरुकालागी तीन दिने शान्ति पुनस्र्थापना तालिम सम्पन्न भएको हो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रका सचिव शिवा योगीको अध्यक्षता एवं वडा अध्यक्ष भीमबहादुर सार्कीको प्रमुख आतिथ्यमा तालिमको समापन गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सार्कीले मानिसमा रहेको मानसिक समस्या कम गर्नकालागी सहज बनाउने बताउनु भयो ।

नेपाल महिला सामुदायिक सेवा केन्द्रले सामो समयदेखी शान्ति र मानसिक स्वास्थ्यको क्षेत्रमा लामो समयदेखीकाम गर्दै आएकाले वडा कार्यालयले केन्द्रसँगको सहकार्यमा काम गर्दै आएको उहाँको भनाई थियो । अशान्त भएको मनलाई केही मात्रामा भएपनि शान्त पार्नका लागि वडावाट बजेट छुटयाएर तालिम दिएको उहाँले बताउनुभयो । आउदाको दिनको मुहार र जादाको दिनको मुहारमा धेरै परिवर्तन देख्दा म खुसी भएको छु । तालिममा सिकेको विषयलाई व्यवहारमा लागु गर्नुपर्ने उहाँको भनाई थियो ।

‘तालिममा सिकेको कुरालाई आफनो जिवनमा लागु गर्नुहुनेछ र परिवार समाजमा पनि सिकाउनुहुनेछ भन्ने आशा गरेको छु ।’ सार्कीले भन्नुभयो– ‘शारिरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यमा पनि हामी गम्भीर बन्न आवश्यक छ ।’ तालिमको प्रशीक्षकमा मनोसामाजिक मनोविमर्शकर्ता लक्ष्मी ढकाल र गीता वली रहनुभएका थियो । कार्यक्रममा वडा सदस्यहरु लीला गोतामे,रचनी चौधरी,बसन्ता पाण्डे, रुपनी चौधरी,साधना चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण प्रशासनिक सहायक सरस्वती चौधरीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]