सिधा-पत्र/क्राईमबिट बुधबार, बैशाख ०७, २०७९

दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुजन विक्रम शाहले स्थानीय तहको निर्वाचनलाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन आफू प्रतिवद्व रहेको बताएका छन् ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका १ भालुवाङमा रहेको इलाका प्रहरी कार्यालयमा भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट सरूवा भएर आएका शाहले बुधबार सरोकारवालाहरू सँगको परिचयात्मक कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

यही वैशाख २ गते प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका प्रहरी निरिक्षक शाहले राप्ती गाउँपालिका क्षेत्रमा हुने निर्वाचनलाई व्यवस्थित बनाउन ससत्र प्रहरी र नेपाली सेना राष्ट्रिय अनुसन्धानसँग थप समन्वय हुने पनि बताए । त्यस्तै उनले यस क्षेत्रको शान्ति सुरक्षामा कुनै कमी नहुने पनि बताएका छन् ।

यस्तै उनले सरोकारवाला व्यक्तिहरूले उठाएका सवाल मध्ये लागू औषध न्युनीकरण तथा चोरीका घटना प्रमुख चुनाैतीको विषय भएकाले यसको रोकथामका लागि प्रहरी एक्लैले नसक्ने हुँदा सवैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा सहभागीहरूले शान्ति सुरक्षा कायम, लागु औषध नियन्त्रण,सडक दुर्घटना,चोरीका घटना र प्रहरीले नागरिक प्रति गर्ने व्यवहारका विषयमा सुझाव दिएका थिए । कार्यक्रममा राजनीतिक दलका प्रमुख,जनप्रतिनिधि,उद्योगी, व्यापारी, यातायात व्यवसयी,संघ संस्थाका प्रमुख,समाजसेवी तथा बुद्धिजीवी र सञ्चारकर्मीहरूको सहभागीता रहेको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]