
Rgp
Ggp
Ggp
Jns
Lnp
Lks
Usb
Dus
Sgp
Rgp
Dbs
Rgp
Asb
Rgp
ksb
lnp


दाङ । जिल्लाको सदरमुकाम घोराहीबाट दक्षिणी भू–भागमा करिब ३५ किलोमिटरको दुरीमा अवस्थित गढवा गाँउपालिका वडा नं. ७ चन्दनपुरमा करिब ५०० घरपरिवारलका ३,००० को सख्यामा रहेको छ ।
यो क्षेत्रमामानिसहरुको मुख्य पेशाको रुपमा कृषी नै रहेता पनि यस क्षेत्रका स्थानिय मानिसहरुले सिचाईको अभाबको कारण त्यस क्षेत्रका नागरिकहरु खाद्य सुरक्षाबाट बन्चित भएका छन । जसकाकारण त्यसक्षेत्रका मानिसहरुले आफुले चाहे जतिको खाद्यान्न उत्पादन गर्न सकेका छैनन । सिचाई भएका बेलामा आफुले उत्पादन गरेको खाद्यान्नहरु बिक्रीगर्ने भएता पनि हाल यो क्षेत्रका मानिसहरु आफुहरुलाई पनि खाद्यानको जोहो गर्न धौ–धौ भएको छ ।
सिचाईको साथ साथै यस क्षेत्रका बासिन्दाहरु खानेपानी, स्वास्थ्य सेवा, तटबन्धन, बिधुत बिस्तारमा माध्यामिक शिक्षा सम्मको पढाई, वन्यजन्तुबाट प्रभाबित, बिषादीको प्रयोग जस्ता समस्या रहेको बताउछन । त्यस क्षेत्रका समस्याका रुपमा भएको स्थानिय बासिन्दाहरु पटक पटक बताए पनि हाल सम्म यो सुनुवाइहुन नसकेको बड्कापड सिचाई खाद्यअधिकार समुहका अध्यक्ष उमाकान्त डागीले बताउनु भयो ।
बिकम सम्बत् २०२६ साल चैत्र महिनामा चन्दनपुर क्षेत्रमा सम्पणु गाउनै जल्ने गरि आगो लागेपछि गाउका सम्पुण बासिन्दाहरु आपनो घर बनाउने काममाव्यस्त भएपछि त्यो बर्ष स्थानियबासिन्दाहरु कुलो बनाउन तथा मर्मत गर्न नआएकारण त्यस क्षेत्रका मानिसहरु दगाली छापकुलोको सिचाई बाट बन्चित भएका थिए । मानपुरदेखि खडकपुरका बासिन्दाहरुले कुलो बनाउन नआएको कारण पानी सिचाईको लागिलग्नपाईदैन भनि रोके पछि चन्द्रनपुर क्षेत्रका मानिसहरुले सिचाई बाट रोकिएको थियो ।
त्यस्तै हालसम्म पनि त्यो क्षेत्रका स्थानीय बासिन्दाहरु सिचाईको सुबिधाबाट बन्चित भएका छन । हाल फियान नेपालको सहयोग तथा समन्वयमा बड्कापट सिचाईको आयोजना तथा अधिकार सुनिश्चताको लागि यस क्षेत्रका मानिसहरुले संगठित भई आपनागतिबिधिहरु सम्पनगरि क्रियाशिल भएका छन । गढवा पालिका वाड न ७ का अध्यक्ष राहुलदेब चौधरीको प्रमुख आथित्यतामा स्रोत नक्साङकन तथा सरोकारवालाहरुका समसया प्हिचान कार्यक्रम सम्पन भएको हो ।
कार्यक्रममा फियान नेपालका जिल्ला कोषाध्यक्ष एवं महिला अधिकारकर्मि हुमा डिसी, स्थानीय खाद्यअधिकार सन्जालका अध्यक्ष उमाकान्त पन्त,महिला जनप्रतिनिधी जानकी चौधरी,थियो । कार्यक्रमको सहजिकरण फियान नेपालका प्रदेश सयोजक सुरेश कुमार गौतमले गर्नु भएको थियो । उमाकान्त डाँगीको अध्यक्षता र वडा अध्यक्ष राहुलदेव चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रम सन्चालन समुहकी सचिव दिपाधर्ती मगरले गर्नुभएको थियो ।
