
Rks
Ksb
Tgp
Ksb
Ssb
Fmb
Rsb
Gsb
Nsb
Ksb
Bsn
Ppu
Ssb
jsb
Csb
Usb

Gsb
Hl1
Usb
Tsb
Ssb

ptl
Nps
Rgu
दाङ । प्रेस चौतारी दाङ शाखाले जिल्लाका नौँ वटा पालिकामा आफ्नो शाखा बिस्तार गरेको छ । एक वडा एक चौतारी स्थापना गर्ने अभियान अन्तगरगत यस अघि पाँच वटा पालिकामा आफ्नो शाखा विस्तार गरी सकेको चौतारीले शुक्रबार जिल्लाका बाँकी चार पालिकामा समेत शाखा विस्तार गरेको छ ।
जस अन्तरगत शुक्रबार सञ्चारसीप अभिमुखीकरण कार्यक्रम सम्पनन गरी तुलसीपुर, लमही, गढवा र राजपुरमा शाखा विस्तार गरिएको छ भने दंगिशरणमा शनिवार गरिने चौतारी दाङले जनाएको छ । प्रेस चौतारी तुलसीपुरको अध्यक्षमा परियार प्रेस चौतारी दाङका उपाध्यक्ष सुधासुमन ढकालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य घनश्यामा पाण्डेको प्रमुख आतिथ्यता एवं एमाले प्रदेश कमिटि सचिवालय सदस्य टिकाराम खड्काको विशिष्ठ अतिथिमा कार्यक्रम गरी बसन्त परियारको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिती गठन गरिएको छ ।
जसको उपाध्यक्षमा प्रेम कुमारी पुन, सचिवमा राजन लामिछाने, कोषाध्यक्षमा शंकर भुषाललाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा ईम प्रसाद धिताल, अविशेक गुप्ता, सुभाष भट्टराई, दिपा पुन, तुलसा ओली, प्रेरणा परियार, माधव वली, केवल डँगी, प्रकाश परियार, गोविन्द साउथ, भिम बहादुर वली, प्रदिप बस्नेत, सुमन चौधरी, विकेश चौधरी, निमा चौधरी, निर्मला विक, विरबहादुर रिजाल, विस्माथ केसी र दिपक घर्तिमगर रहेका छन् ।
प्रेस चौतारी लमहीको अध्यक्षमा खनाल यस्तै उता लमही नगरपालिकामा चौतारीका जिल्ला सदस्य मन्जु रोकाको अध्यक्षतामा तथा नेकपा एमालेका केन्द्रिय लेखा आयोग सदस्य रेवतरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी प्रकाश खनालको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिती गठन गरिएको छ । जसको सचिवमा नमुना भसाललाई चयन गरिएको छ । सदस्यहरुमा विनिता चौधरी, किरण चौधरी, नमुना भुषाल, दिपा चौधरी, सुमित डाँगी, पुस्पा चौधरी, राहुल चौधरी, दिनेश केसी, भिर्तन शर्मा, नारायण गिरी, जास्भी गीरी, सरिता चौधरी र अर्मता विकलाई चयन गरिएको छ ।
प्रेस चौतारी गढवाको अध्यक्षमा खत्री यस्तै गढवा गाउँपालिकामा प्रेस चौतारी दाङका सहसचिव चन्द्रप्रकाश नेपालीको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यता एवं एमालेका जिल्ला सदस्य तथा गाउँपालिकाका ईन्चार्ज सहजराम यादवको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरी प्रेम खत्रीको अध्यक्षतामा १३ सदस्यीय समिती गठन गरिएको छ । जसको उपाध्यक्षमा विमला भटट्राई, सचिवमा दिपा घर्ति, कोषाध्यक्षमा बुद्धिराम चौधरी, सहसचिवमा असोक डिसीलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा पर्शुराम चौधरी, रोशनकुमार चौधरी, निर्मला चौधरी, प्रमिला खड्का र विषल विष्टलाई चयन गरिएको छ भने थप दुई जनलाई पछि मनोनित गर्ने निर्णय गरिएको छ ।
प्रेस चौतारी राजपुरको अध्यक्षमा यादव यस्तै राजपुर गाउँपालिकामा प्रेस चातारी दाङका अध्यक्ष ईन्द्र डिसीको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरी लेखबहादुर यादवको अध्यक्षतामा कार्यसमिती चयन गरिएको छ । जसको सचिवमा अम्जु विकलाई चयन गरिएको छ भने सदस्यहरुमा आईसा विक, रामकुमार चौधरी, मिनकुमार केसी, प्रदिप औजन, टेकबहादुर पुन, रिता सुनार, दुर्गा चौधरी र रुद्रप्रसाद पोखरेललाई चयन गरिएको छ । थप सदस्यलाई कार्यसमितीको अर्काे बैठकले मनोनित गर्ने निर्णय गरेको छ ।
