Sidha Patra शुक्रबार, बैशाख ०२, २०७९

दाङ । नयाँ वर्ष २०७९ को उल्लास छाईरहेका बेला दाङका केही भेगमा भने चैते धान रोपाईँको चटारो छ । नयाँ वर्षका अवसरमा अधिकांश ठाउँहरुमा भेटघाट र शुभकामना आदानप्रदान गरेर मनाइरहेका बेला दाङको बंगलाचुली गाउँपालिका वडा नंं. ३ र ४ का किसानहरु भने चैते धान रोप्न व्यस्त छन् ।

सुकाखोला आसपासका स्थानीयहरु चैते धान रोप्दै नयाँ वर्ष खेतमै मनाउन व्यस्त भएका हुन् । खोला छेउँका डाबरहरुमा चैते धान रोप्दै आएका कृषकहरुले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिएका छन् । धान रोप्न बालबालिकादेखि बयस्क सबै खेतमै भेटिने गरेका छन् । खेतालाहरुका लागि बिहान र दिउँसोको खाना, खाजा खेतमै पाक्ने गरेको छ ।

उनीहरुका अनुसार चैतको अन्तिम तथा बैशाखको पहिलो साता रोपिएको धान साउनको पहिलो सातातिर पाक्ने गरेको छ । यो ठाउँका कृषकले वर्षमा तीन बाली भित्र्याउने गरेका छन् । अहिले रोपेको चैते धान साउनको पहिलो साता काटे पछि वर्षे धान रोप्ने गरेका छन् ।

उक्त धानबाली काटेर कार्तिकमा धान काटेलगत्तै फेरी गहुँ छर्ने गरेको स्थानीय भरत थापाले बताउनुभयो । उहाँका अनुसार चैतको दोश्रो साता गहुँबाली काटेपछि फेरी चैते धान रोपिएको हो । हावापानी र सिँचाई पुगेको यो ठाउँमा अन्नबाली जस्तै तरकारी खेती पनि राम्रो हुने गरेको छ । जिल्लाको देउखुरी क्षेत्रमा पनि यो वर्ष चैते धान रोपिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ३ गोबरहिहामा यो वर्ष चैते धान रोपिएको स्थानीयले बताएका छन् । वर्षे मौसममा जस्तै धान बाली नफल्ने भएपनि मौसम र पानी प्रसस्त भएमा सामान्यता राम्रो धान फल्ने गरेको कृषकहरुको भनाई छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा करीव दुई हजार पाँच सय बढी हेक्टरमा चैते धान खेती हुने गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]