Sidha Patra मंगलबार, चैत्र २२, २०७८

प्युठान । महिला सिडियोले प्रशासन चलाउन थालेको धेरै वर्ष भएपनि प्युठान जिल्लाले पहिलो पटक महिला प्रमूख जिल्ला अधिकारी पाएको छ । गृह मन्त्रालयमा सहसचिव रहनुभएकी सुनिता नेपाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर प्युठानमा आएपछि जिल्लाको नेतृत्व महिलाको हातमा पुगेको हो ।

गृह मन्त्रालयले हालै गरेको प्रमुख जिल्ला अधिकारीहरुको सरुवा अन्तर्गत सुनिता नेपाललाई प्युठानको जिम्मेवारी दिएर पठाएको हो । २०२७ सालदेखि अहिलेसम्म ४० वटा सिडिओ परिवर्तन भइसक्दा ४१ औ सिडियोको रुपमा सुनिता नेपालले जिम्मेवारी सम्हाल्नुभएको हो ।

अर्घाखाँचीकि बासिन्दा प्रजिअ नेपाल २०६१ सालमा अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । यस अघि महिला मन्त्रालय र मुस्लिम आयोगमा जिम्मेवारी सम्हालेको अनुभव उहाँसँग छ ।

प्रजिअ नेपालले कार्यालयमा काम सुरु गरेसंगै कर्मचारीको बैठक बसेर जिल्लाका सुरक्षा निकाय, जनप्रतिनिधिहरु, दल, पत्रकार र सरोकारवालासंग छलफल र संवाद गरिरहनुभएको छ । कामनाडेलि संग टेलिफोनमा कुराकानि गर्दै प्रजिअ नेपालले आफूले सबै पक्षसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले कानुनले दिएको बाटोमा अडिक रहेर कार्य सम्पादन गर्ने प्रतिबद्धता जनाउनुभयो।कामनाडेली

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]