
Rsb
Rks
Fmb
jsb
Gsb
Ksb
Usb
Nsb
Ksb
Csb
Ssb
Ssb
Ksb
Tgp
Ppu
Bsn

Usb
Hl1
Tsb
Gsb
Ssb

ptl
Nps
Rgu
बाँके। दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित बाँकेबाट २ थान छाला सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। आईतबार बिहान करिब ११ बजे नेपालगंज उप-महानगरपालिका वड़ा नं.१२ कोरियनपुरबाट प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा डोल्पा त्रिपुरासुन्दरी न.पा. वडा नं. ३ बस्ने २३ वर्षिय विकेश वोहरा,३६ वर्षिय हर्क बहादुर वि.क., २२ वर्षिय राम कृष्ण शाही र डोल्पा ठुलोभेरी नगरपालिका वडा नं. १ बस्ने २५ वर्षिय सुकराम वि.क. रहेका छन् । कोरियनपुर स्थित अन्जना होटल एण्ड लजमा रेडपाण्डाको छालाको कारोबार भैरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जाँच गर्ने क्रमा प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।
लजको कोठा नंवर १०५ मा रहेको खाट मुनी प्लाष्टिकको वोरा भित्र लुकाई राखिएको अबस्थामा रेडपाण्डाको छाला बरामद भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीकाअनुसार यश सम्वन्धमा आवास्यक अनुसन्धान भईरहेको छ ।
