शिबराज पन्थी/गढवा शुक्रबार, चैत्र ०४, २०७८

दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढवाको संचालक समितिका लागि चैत्र २ मा भएको निर्वाचनबाट बिजयी भएका पदाधिकारीहरुलाई बुधवार एक कार्यक्रमको आयोजना गरि पदभार ग्रहण गराइएको छ ।

निर्वाचन समितिका संयोजक उपेन्द्र चालिसेको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रममा नव निर्वाचित पदाधीकारीहरुलाई सपथ ग्रहण गराउँदै प्रमाणपत्र वितरण गरिएको हो । समितिका १३ पदाधिकारीका लागि सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा पाँच दलिय संयुक्त गठबन्धन प्यानलका ओभा पाठकले १५६ मत प्राप्त गरि बिजयी हुनु भएको छ । अध्यक्ष पदका प्रत्यासी उमेदवार गिरिराज भट्टले १५३ मत प्राप्त गरि जम्मा ३ मतले पराजय ब्यहोर्नु भएको हो ।

त्यस्तै सचिव पदमा एमालेको एकल प्यानलबाट शिबराज पन्थीले १६६ मत प्राप्तगरि बिजयी हाँसिल गर्नुभएको छ । सचिव पदका प्रत्यासी उमेदवार गठबन्धन प्यानलका सविना खातुनले १४३ मत प्राप्त गर्नुभएको हो । त्यसैगरी उपाध्यक्षमा गठबन्धन प्यानलका नारायण प्रसाद पण्डितले १७५ मत प्राप्त गरि बिजयी हुनुभएको छ । उपाध्यक्षका प्रत्यासी खुमानन्द पोखे्रलले १३३ मत प्राप्त गर्नु भएको हो । निर्वाचनमा कोषाध्यक्ष तिलक परियारले १७१ र सहसचिवमा पटवारी यादवले १५५ मत प्राप्त गरि बिजयी हुनु भएको छ । कोषाध्यक्षका प्रत्यासी उमेदवार चुडामणि पौडेलले १२९ र सहसचिवका प्रत्यासी उमेदवार बसन्त देवकोटाले १४५ मत प्राप्त गर्नुभएको थियो ।

आठ सदस्यका लागि भएको निर्वाचनमा पाँच दलिय गठबन्धनका दुखहरण यादवले सर्बाधीक १९८ मत प्राप्त गरि बिजयी हुनु भएको छ । यादव रेडियो साझा आबाजका प्रबन्ध निर्देशक हुनुहुन्छ । त्यस्तै अन्य सदस्यहरुमा भोजराज खनालले १७५, गिता कुमारी यादवले १७२,थानेश्वर आचार्यल १६३, जयराम यादवले १६५, महेश कुमार अधिकारीले १५७,प्रदीप केसीले १६१ र राजेन्द्र प्रसाद चौधरीले १५९ मत प्राप्त गरि बिजयी हुनु भएको छ । चैत्र २ मा भएको निर्वाचनमा कुल मतदाता ३५७ मध्ये ३१२ जनाको मतदानमा सहभागिता रहेको थियो भने ४२ जनाको अनुपस्थिति रहेको थियो ।

कुल मतदाताको ८८.३४ प्रतिशत मत खसेको निर्वाचन अधिकृत उपेन्द्र चालिसेले जानकारी दिनुभयो । राती अबेरसम्म भएको मतगणना पछि बुधवार नवनिर्वाचीत पदाधीकारहिरुलाई पद तथा गोपनीयताको सपथग्रहण तथा पदभार ग्रहण गराइएको हो । गत फागुन २१ म सम्पन्न तेश्रो अधिवेशन तथा पाँचौ साधारणसभामा संचालक समिति चयन प्रकृयामा सहमति हुन नसकेपछि सहमति प्रयास तथा निर्वाचनका लागि उपेन्द्र चालिसेको संयोजकत्वमा बासुदेव पाण्डेय,बिष्णा पन्थी,देवि प्याकुरेल र जगतराम यादव रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।

कार्यक्रममा नव निर्वाचित समितिको तर्फबाट अध्यक्ष ओभा पाठकले प्रतिवद्धता मन्तब्य ब्यक्त गर्नुभएको थियो भने गाउँपालिकाका अध्यक्ष सहजराम यादव, निर्वाचन संयोजक उपेन्द्र चालिसे र निवर्तमान अध्यक्ष गिरिराज भट्टले शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण निर्वाचन समितिका सदस्य देवि प्याकुरेलले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]