पोषणराज शर्मा बिहिबार, फाल्गुण २६, २०७८

दाङ । सामाजिक न्याय र लैङ्गिक समानताका लागि दिगो विकासको सुनिश्चितता नाराका साथ अन्तर्रााष्ट्रय महिला दिवसको अवसरमा सुरु गरिएको महिला हकअधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम राप्ती गाउँपालिकाको नयाँबस्तीमा सम्पन्न भएको छ ।

नामसालिङ सामुदायिक विकास केन्द्रले सञ्चालन गरिरहको महिला हकअधिकार सम्बन्धि जनचेतना कार्यक्रम सेवा क्षेत्रमा सञ्चालन गर्दै आएको छ । कोपिला सामुदायिक कृषक समुहको आयोजना तथा नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोगमा महिला हकअधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम कोपिला सामुदायिक कृषक समुहको अध्यक्ष गौरीमाया घर्तीको अध्यक्षता तथा बायोवृद्ध प्यारी सारुमगरको प्रमुख अथित्यमा सम्पन्न भएको हो ।

समन्न गरिएको सो कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्रका फिल्ड संयोजक धर्म यादवले अन्तर्राष्ट्रिय महिला दिवसको औचित्य तथा महिला हकअधिकार सम्बन्धि कुरा गर्दै अन्तरक्रिया छलफल सहजीकरण गर्नु भएको थियो । विभिन्न समुह तथा समुदायको महिला पुरुष गरी ४५ जना सहभागिता रहेको सो कार्यक्रममा घन्टादेव सामुदायिक बनका अध्यक्ष दल बहादुर घर्ती, समाजसेवी तुला गिरी, फुलवारी समुहका सचिव बालिक केसी, कोषाध्यक्ष शारदा पोख्रल, सागरमाथा समुहका अध्यक्ष आशा चौधरी , उपाध्यक्ष रिता चौधरी,प्रगतिशील समुहका सचिव निशु चौधरी लगाएतका बक्ताहरु मन्तब्य राख्नु भएको थियो ।

साथै समुह सदस्यहरुले महिला हकअधिकार सम्बन्धि गीत, कविता प्रस्तुत गरेका थिए । कोपिला समुहका सदस्य रिना सार्कीको स्वागत मन्तब्यबाट सुरु भएको सो कार्यक्रमको सञ्चालन कोपिला समुहका सचिव सुधा शाही गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]