
Rsb
Ppu
Ksb
Gsb
jsb
Rks
Bsn
Fmb
Ssb
Tgp
Nsb
Csb
Ksb
Ssb
Ksb
Usb

Hl1
Gsb
Ssb
Tsb
Usb

Rgu
Nps
ptl
कपिलवस्तु । युनिसेफ नेपाल र कृष्णनगर नगरपालिकाको सहकार्यमा बाल बालिका माथि हुने सबै प्रकारका हिंसा लगायत अनुसासनको नाममा गरिने हिंसात्मक व्यवहार, बालश्रम, बाल विवाह, लैंगिक हिंसा,मानव बेचविखन र आनलाइन सुरक्षा सम्बंधि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख शाहले बाल बालिका माथि हुने कुनै पनि प्रकारको हिंसामा शून्य सहनशीलता अपनाउन सहभागीहरू लाई आग्रह गर्दै बाल बालिकाको संरक्षण कृष्णनगर नगरपालिकाको पहिलो प्राथमिक बिषय रहेको जानकारी दिनुभयो ।
कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै युनिसेफका प्रकाश कैनिले बाल बालिका माथि हुने सबै प्रकारका हिंसा हरूको निवारण हुनु पर्ने भएकाले विद्यालय र परिवार भित्र बाल बालिका हरू सुरक्षित रहनका लागि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूको महत्वपूर्ण भूमिका रहने हुनाले उनीहरु बिच छलफल गरि के – कसरी बाल बालिका हरूलाई सुरक्षित गर्न सकिन्छ भन्ने बारेमा कार्यक्रम तय गरिएको बताए ।
त्यस्तै कार्यक्रममा सहजकर्ता आर. टि. खानले बाल संरक्षण सम्बंधि विविध बिषयवस्तुमा सहजीकरण गरे । सहभागी दश ओटा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरूले छलफल गरि बाल बालिका माथि हुने हिंसा निवारण गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । कार्यक्रम कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले संचालन गर्नुभयो ।
