शिबराज पन्थी/गढवा बुधबार, फाल्गुण २५, २०७८

दाङ । जिवनमा नदेखेको ठाउँ देख्न पाइने भयो । अहिले सम्म छोराहरुले तिर्थ लैजान सकेका थिएनन्,वडा कार्यालयले तिर्थ भ्रमण लैजादै छ–गढवा ५ झाली निवासी ७२ बर्षिय आसरामी चौधरीले भन्नुभयो ।

सरकारले भत्ता पनि दिएको छ,तिर्थबर्त पनि गराउन थाल्यो । कहिल्यै नदेखेको ठाउँ देख्ने रहर लिएर गढवा–५ बाँकी निवासी ७४ बर्षिय इनद्रावती यादव झटिझाम्टा बोकेर साँझको समयमा तिर्थजानभनि वडा कार्यालयमा आउनुभयो । पशुपतिनाथको मन्दिर र देवघाट दर्शन गर्ने ठूलो धोका थियो,पैसाको अभावले जान सकेकी थिइन । वडा कार्यालयले घुमाउन भनी मलाई बोलायो म खुसी भएर तिर्थ भ्रमण जान झोला बोकेर आएकी छु–गढवा ५ धर्मपुर बस्ने ७३ बर्षिया धनीया चौधरीले भन्नुभयो ।

आसरामी इनद्रावती र धनीयाँ जस्तै मंगलार ४० जना बृद्धबृद्धाहरु तिर्थ जान भनी वडा कार्यालयमा खुसी हुदै झोला बोकेर आइपुग्नु भएको थियो । वडा सरकारले तिर्थ भ्रमण लैजान थालेकोमा सबैको मुहारमा खुसी छाएको देखिन्थ्यो । देउखुरीको गढवा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष प्रकाश भण्डारीले आफ्नो वडाका बृद्ध,बृद्धालाई तिर्थ भ्रमण लैजानु भएको छ । मंगलबार साँझ ४० जना जेष्ठ नागरिकहरुलाई वडा कार्यालयमा बोलाएर आफुपनि स्वयं जानेगरी भण्डारीले नाइटबसमा तिर्थगर्न लैजानु भएको हो ।

जेष्ठ नागरिक सम्मान तर्फको चालु आर्थिक बर्षको बजेट तथा वडा अध्यक्ष समबिकास कोषको अपुग रकम समेत जोहो गरेर वडा अध्यक्ष भण्डारीले बृद्धबृद्धाहरुलाई तिर्थ गर्न लिएर आफै जानुभएको वडा कार्यालयले जनाएको छ । जेष्ठ नागरिकहरुलाई कहिल्यै नदेखेको ठाउँमा उहाँहरुकै इच्छा अनुसार भ्रमण लैजान थालेको वडा अध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो । टोलीलाई उहाँहरुकै इच्छा बमोजिम पशुपतिनाथको मन्दिर, गुहेश्वरी,स्वयंभू,दक्षिणकाली, देवघाट र सिजी टेम्पल घुमाउने योजना रहेको छ–अध्यक्ष भण्डारीले भन्नुभयो । बुढेसकालमा तिर्थ भ्रमण जान पाएकोमा कमजोर आर्थिक अवस्था भएर तिर्थब्रत गर्न नसकेका जेष्ठ नागरिकहरु खुसी भएको बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]