
Rks
Ppu
Ksb
jsb
Ssb
Ksb
Ssb
Tgp
Gsb
Rsb
Csb
Nsb
Bsn
Ksb
Fmb
Usb

Usb
Hl1
Gsb
Tsb
Ssb

ptl
Nps
Rgu
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) को सातौँ केन्द्रीय महाधिवेशनलले पाण्डव हमाल ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
शिक्षा क्षेत्रमा विगत २४ वर्षदेखि कार्यरत सिरहा निवासी हमाल लाहान मेरिचिल्ड्रेन एकेडेमीको संस्थापक प्रिन्सिपल तथा सल्लाहकार हुनुहुन्छ ।
बाँकेको नेपालगन्जमा सोमबार सम्पन्न महाधिवेशनले सहअध्यक्षमा सुवास न्यौपाने, उपाध्यक्षमा प्रबोद प्रभाकर रिजाल,यमबहादुर खडका,शम्भु अधिकारी,श्यामसिङ मौनी,जयबहादुर श्रेष्ठ,ब्रजेन्द्र मिश्रा,डम्बर कार्की,तिलक चौहान, सुबोद डाँगी,कमलकुमार सिङ,महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा कुसुम रानाभाट, प्रकाश खडका, कोषाध्यक्षमा प्रताप थापा र सहकोषाध्यक्षमा विक्रम ढुकुछु चयन हुनुभएको छ । महाधिवेशनले ५७ जनालाई केन्द्रीय समितिमा चयन गरेको जनाइएको छ ।
