Sidha Patra सोमबार, फाल्गुण २३, २०७८

रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफारिस नदिदा रुपन्देही रोहिणी गाउँपालिका वडा नं २ का २० वर्षीय पुष्पेन्द्र यादव उपचारबाट बन्चित भएका छन् ।

मृगौलाबाट पीडित यादवले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विगत १ महिना देखि सिफारिस माग गर्दा कुनै सुनुवाइ नभएको विरामीका बुवा भुपेन्द्र चन्द्र यादवले जानकारी दिनु भयो । मृगौला पिडित पुष्पेन्द्रलाई उपचारका लागि भारतको दिल्लीमा रहेको फोर्टिज हस्पिटलमा भर्ना गरिएको यादवले बताउनु भयो ।

त्यस्तै पीडित परिवारले गत माघ १३ गते देखि जिल्ला प्रशासन कार्यालय रुपन्देही धाउदा प्रजिअले नसुने जस्तो गरेको पीडित परिवारले आरोप लगाएका छन् । पीडित यादव परिवारले स्थानीय तहको सिफारिस पत्र समेत ल्याएका छन् । जिल्ला प्रशासन कार्यालयले सिफारिस दिएपछि मात्र अन्य निकायमा सिफारिसको लागि पठाइने छ तर सिडियोले सिफारिस दिन मानेकै छैनन् ।

प्रशासनको पत्र पाएपछी बीर अस्पतालको सिफारिस, कन्सुलर सेवा विभागको सिफारिस, मेडिकल बोर्डको निर्णय र स्वास्थ्य मन्त्रालयको एनओसी (No objection Letter) को लागि जानू पर्ने हुन्छ । तर जिल्ला प्रशासन कार्यालयबाट पत्र नपाएपछि अन्य ठाउँ जाने बाटो नै रोकिएको छ । माथिका यी सबै कागजात पाइसकेपछि मात्र दिल्ली स्थित नेपाली दुताबासले फोर्टीज हस्पिटल लाई NOC दिनेछ । कुनै पनि नेपाली नागरिकले भारतमा मृगौलाको उपचार गर्न जिल्ला प्रशासनको सिफारिस अनिवार्य गरेको छ ।

यस्तै भारतमा रहेको नेपाली दूतावासले नेपालीको उपचारका लागि सिफारिसको आवस्यक्ता पर्ने भनी स्पष्ट रुपमा लेखेपनि प्रजिअले सिफारिस दिन नमानेको यादव परिवारले बताएका छन् । एक महिना भन्दा बढी भयो तर जिल्ला प्रशासन कार्यालयको सिफारिस नदिएको पीडितका परिवारका सदस्यले दुखेसो पोखेका छन् ।भारतमा रहेको नेपाली दूतावासले नेपालको विभिन्न १० कागजात मध्ये जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र समेत समाबेश गरी कागजात पेश गर्न परिवारलाई अग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफारिस दिनका लागि कुनै पनि कार्यविधी नबनेको भन्दै आलटाल गर्दै आएका छन् । मन्त्रालयबाट लिखित पत्र आए मात्र सिफारिस दिने प्रजिअ तिवारीले बताउदै आएका छन् ।कामनाडेलि

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]