
Pbu
ksb
lnp
Rgp
Jns
Usb
Lks
Rgp
Lnp
Ggp
Sgp
Rgp
Ggp
Dbs
Dus
Asb
Rgp


दाङ । देउखुरी मोबाईल ब्यावसायीक संघका पदाधिकारी सहितको टोलीले आफ्ना दुर दराजमा रहेका १५० बढी सदस्यहरुको नयाँ पसल दर्ता, पुरानो पसल नबिकरण सहित हरेक ब्यावसायीको पसल-पसलमै पुगेर ब्यावसायीक समस्या साथै सुझाव संकलन गरेको छ ।
संघका अध्यक्ष बिजय सिंह ठकुरीको अध्यक्षता एवं संस्थापक तथा निवर्तमान अध्यक्ष भिम भुसालको अगुवाइमा भएको कार्यक्रममाको सहजीकरण देउखुरी मोबाइल ब्यावसायीक संघका प्रवक्ता टोपलाल भुसाल साथै बरिस्ठ उपाध्यक्ष राजु गिरीले गर्नु भएको थियो ।
सो सुझाव संकल्न कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष भुसालले देउखुरी मोबाईल संघले आफ्नो स्थापना कालदेखि नै विभिन्न जनचेतनामूलक कार्यक्रमहरु र दुखी असाहय,विभिन्न रोगबाट पीडित र पसल चोरीमा परेका धेरै मोबाइल ब्यावसायीलाई सहयोग गरेको बताउनु भयो ।
कार्यक्रममा संघका प्रवक्ता टोपलाल भुसाल,बरिस्ठ उपाध्यक्ष राजुगिरी,कोषाध्यक्ष बिष्षु भुसाल,लमही सह-ईन्चार्ज लालमणी भुसाल,सदस्य कौशल अधिकारी,उत्तम हमाल,महेन्द्र खनाल,निमलाल भुसाल,मधुसूदन मल्ल,लक्ष्मी नारायण चौधरी,डिल्ली योगी,त्यस्तै सो कार्यक्रममा देउखुरी मोबाईल व्यवसायी संघका अन्य २४ जना पदाधिकारीको समेत सहभागी रहेको थियो ।
