
Dus
lnp
Rgp
Lnp
Ggp
Lks
Rgp
Asb
Sgp
Usb
Rgp
Dbs
Rgp
Jns
Ggp
ksb
Pbu


दाङ । जालपा लघुबित्त बितिय संस्था लिमिटेडको आयोनजामा आजदेखि भालुबाङमा महिलाहरुको लागी तिन महिने सिलाई कटाई तालिम शुरु भएको छ । तालिमको जालपा लघुबित्त बितिय संस्थाका कार्यकारी प्रमुख बिमला योगिले शुभारम्भ गर्नु भयो ।
सो अबसरमा बोल्दै महीलाहरुलाई आर्थिक र सामाजिक रुपले बलियो र आत्म निर्भर बनाउनका लागी संस्थाले महलिाहरुका लागी सिप बिकाश तालिमको आयोनजा गरेको बताउनुभयो । उहाँले सिपलाई सिकेर सिकेको सिपबाट उद्यमी बन्नका लागी सहभागिमहिलाहरुलाई आग्रह गर्नु भयो सिप सिक्ने भनेको समय खेर फाल्नका लागी होईन सिपबाट आफ्नो जिबन सुन्दर बनाउनका लागी हो त्यसैले मन लगाएर सिप सिकेर जिबन यापनका लागी आत्म निर्भर बन्नु होस यसैबाट महिलाको आर्थिक बिकाश र समृदि हुन्छ ।
त्यस्तै सो अबसरमा रेडियो हाईवेका सम्पादक लिला शाह,संस्थाका संस्थापक यमला भुसाल सामाजिक बिकाश अधिकृत लक्ष्मी गुप्ता लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सचालन कमल अधिकारीले गर्नुभएको थियो । तालिमकमा बीस जनाको सहभागिता रहेको छ ।
