Sidha Patra शुक्रबार, माघ २८, २०७८

दाङ । तुलसीपुर बजारको एक जुत्ताचप्पल पसलमा भएको भिषण आगलागीमा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ ।

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुदा तुलसीपुर ५ बस्ने ४२ बर्षिय नजरद्दिन अली, अन्दाजी ५ बर्षिय बालक अविनद्दिन अली, १६ बर्षिय मसिन बकस, १४ बर्षिय हसन बकस र १२ बर्षिया साजिता खातुनको मृत्युुभएको रहेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

गएराती दुई बजेतिर भएको आगलागी हुँदा घर भित्र फसेका उनीहरुको मृत्यु भएको उहाले जानकारी दिनुभयो । आगलागी घटनाबाट ३८ बर्षिय अमर डाँगीको सकुशल उद्धार गरिएको उहाले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आंशका गरिएको छ ।

आगलागिबाट करोडौको क्षेति भएको छ । त्यस्तै ५ जनाको ज्यान जानेगरी भएको आगालगी घटनाको शोकमा तुलसीपुर चेम्बर अफ कमर्सले एकदिन बजार बन्द गर्ने निर्णय गरेको छ ।

तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोप बहादुर घर्तीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले घटनाको शोकमा आज तुलसीपुर चेम्बरमा आबद्ध सबै व्यापारीले पसल बन्द गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले घटना प्रति दुःख व्यक्त गर्दै मृतक आत्माको चिर शान्तिको कामना सहित सोक सन्तप्ब्ध परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै बैठकले उचित राहतका लागि स्थानीय सरकार, प्रदेश र संघिय सरकार संग माग गरेको चेम्बरका सचिव ऋषीराज भण्डारीले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]