सागर थापा सोमबार, माघ २४, २०७८

दाङ । पूर्वी रूकुमको चुनावाङका दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको अब्बल अनुसन्धान पछी दाङ प्रहरीले ठुलो परिणाम चरेससहित २ जना पक्राउ गरेको छ । चरेसको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरी टाेलिले बिकलाई पक्राउ गरेको हो ।

प्रहरीले बिकलाई चरेससहित घोराही बसपार्कबाट समातेको जनाएको छ । हाल घोराही उप-महानगरपालीका वडा नं. १४ बसपार्कमा डेरा कोठा गरी बस्ने वर्ष ५० को कामीले आफ्नो डेरा कोठामा लागु औषध (चरेश) लुकाई छिपाई राखेका छन भन्ने गोप्य सुचनाको आधारमा कार्यालयवाट खटिएको सिबिल प्रहरी टोलीले कामी बस्ने डेराकोठा खानतलासी गर्ने क्रममा उक्त कोठाबाट उनले लुकाएको प्लाष्टिकको बोरा भित्र हरियो पोलिथिन व्यागमा कार्टुन टेपले बेरी लाम्चो चेप्टो पोका बनाएको अवस्थामा १६ (पिस) तत्काल डिजिटल तौल मेसिनमा तौल गर्दा ७ के.जी. ७७९ ग्राम लागु औषध (चरेश) जस्तो देखिने कालो पदार्थ सहित फेला पारी बरामद गरीएको प्रहरीले जनाएको छ ।

त्यस्तै उनलाई पक्राउ गरी प्रारम्भिक सोधपुछ तथा फोन कल विश्लेषणका आधारमा उक्त लागु औषध (चरेस) कारोबारमा संलग्न जिल्ला रुकुम(पुर्व) भुमे गाँउपालिका वडा नं. ९ घर भई हाल जिल्ला दाङ घोराही उप-म.न.पा.वडा नं.१८ गिठेपानी बस्ने वर्ष ५९ को कर्ण बहादुर पुनलाई समेत पक्राउ गरी दुबै जना उपर आवश्यक अनुसन्धान भईरहेको दाङका प्रहरी प्रमुख एसपी काफ्लेले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]