
Sds
Gisld
Mbdvs
Rbs
mbd
Pbu

Rgu
Sbs
Hal
Pvg
Tsm
nsb
Vor
Bbbpu
Rgs
Ksm
Sls
Rgu
Rsb
Ssm
Asm
Gst
Wsp
Ggd
Bbu

Rpp
Pls
Bml
Rmb
bbt
Ptm
Jmb
sab
Syp
Jmb
Gsb
Abd
Mks
दाङ । पूर्वी रूकुमको चुनावाङका दलबहादुर विकलाई आठ किलो चरेससहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको अब्बल अनुसन्धान पछी दाङ प्रहरीले ठुलो परिणाम चरेससहित २ जना पक्राउ गरेको छ । चरेसको कारोबार भइरहेको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सिबिल प्रहरी टाेलिले बिकलाई पक्राउ गरेको हो ।
प्रहरीले बिकलाई चरेससहित घोराही बसपार्कबाट समातेको जनाएको छ । हाल घोराही उप-महानगरपालीका वडा नं. १४ बसपार्कमा डेरा कोठा गरी बस्ने वर्ष ५० को कामीले आफ्नो डेरा कोठामा लागु औषध (चरेश) लुकाई छिपाई राखेका छन भन्ने गोप्य सुचनाको आधारमा कार्यालयवाट खटिएको सिबिल प्रहरी टोलीले कामी बस्ने डेराकोठा खानतलासी गर्ने क्रममा उक्त कोठाबाट उनले लुकाएको प्लाष्टिकको बोरा भित्र हरियो पोलिथिन व्यागमा कार्टुन टेपले बेरी लाम्चो चेप्टो पोका बनाएको अवस्थामा १६ (पिस) तत्काल डिजिटल तौल मेसिनमा तौल गर्दा ७ के.जी. ७७९ ग्राम लागु औषध (चरेश) जस्तो देखिने कालो पदार्थ सहित फेला पारी बरामद गरीएको प्रहरीले जनाएको छ ।
त्यस्तै उनलाई पक्राउ गरी प्रारम्भिक सोधपुछ तथा फोन कल विश्लेषणका आधारमा उक्त लागु औषध (चरेस) कारोबारमा संलग्न जिल्ला रुकुम(पुर्व) भुमे गाँउपालिका वडा नं. ९ घर भई हाल जिल्ला दाङ घोराही उप-म.न.पा.वडा नं.१८ गिठेपानी बस्ने वर्ष ५९ को कर्ण बहादुर पुनलाई समेत पक्राउ गरी दुबै जना उपर आवश्यक अनुसन्धान भईरहेको दाङका प्रहरी प्रमुख एसपी काफ्लेले बताए ।
