
Pbu
Rbs
Mbdvs
Sds
mbd
Gisld

Rsb
Hal
Sbs
Gst
Asm
Rgu
Vor
Tsm
Pvg
Wsp
Rgu
Bbbpu
Sls
Rgs
nsb
Bbu
Ggd
Ssm
Ksm

bbt
Pls
Abd
Bml
Rmb
Jmb
Syp
Ptm
Jmb
Gsb
Rpp
Mks
sab
दाङ । घाेराहीमा पशुपंक्षीकाे उपचार तथा सेवा परामर्श केन्द्र खुलेको छ । भेटरिनरी तथा पशु स्वास्थ्यका क्षेत्रमा ३ दशकभन्दा लामाे समयसम्म सेवा गरि निवृत्त हुनुभएका डा. बेदबहादुर केसीले घाेराही १४ बसन्तबिहार टाेलमा ब्लु क्रस भेटरिनरी क्लिनिक बहुउद्देश्यीय तालिम तथा परामर्श केन्द्र संचालनमा ल्याउनुभएकाे हाे ।
आईतबार एक कार्यक्रम गरि विधिवत रुपमा उक्त केन्द्रकाे उदघाटन गरिएको छ । पशुपंक्षीकाे उपचार गर्ने, कुखुराको पाेष्ट मार्टम गर्ने, पशु खाेप लगाउने, छाेटाे अवधिका पशुपालन तालिम गर्ने, नमुना जाँच गर्नेलगायत सेवा तथा परामर्श एकै थलाेबाट दिने लक्ष्यसहित खाेलिएकाे केन्द्रकाे दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले उदघाटन गर्नु भयाे ।
साे अवसरमा उहाँले लामाे समयसम्म भेटरिनरी तथा पशु विज्ञका रुपमा रहि सेवा निवृत्त हुनुभएका डा. केसीले आफ्नै पहलमा थाल्नुभएकाे व्यावसायिक कामले जिल्लाका कृषकलाई ठूलाे फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयाे । व्यावसायिक ज्ञान लिएर काम गरेमा सफलता मिल्ने र दिगाे हुने बताउँदै चाैबिसै घण्टा सेवा दिनसक्ने गरि लाग्न अपिल पनि गर्नु भयाे । अहिलेकाे परिस्थितिमा खास किसानले अनुदान नपाएको गुनासाे बढेकाले स्थानीय सरकारले वास्तविक किसानसम्म पहुँच बढाउनुपर्नेमा उहाँको जाेड थियाे।
