Sidha Patra शुक्रबार, माघ २१, २०७८

दाङ । देउखुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरण सम्बन्धी केहिदिन अघि संचार माध्यममा आएको समाचारप्रति जिल्ला सहकारी संघ दाङले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सहकारीको महाप्रभु सेवाकेन्द्रको रकम अपचलन भएको र संचालकलाई पक्राउ गरेको संचार माध्यममा आएका समाचार भ्रमपूर्ण रहेको भन्दै संघले आपत्ति जनाएको छ ।

संघका अध्यक्ष गोविन्द प्रसाद शर्मा र सचिव शुक्रराज भण्डारीले शुक्रबार एक विज्ञप्ती जारी गरी सहकारीको रकम हिनामिनामा सम्बन्धित दोषिले स्विकार गर्दागर्दै पनि सहकारीका संचालकलाई पक्राउ गरिएको र संचारमाध्यममा पीडितलाई झन् पीडा दिने किसिमले समाचार बाहिर आएको भन्दै आपत्ति जनाउनु भएको छ ।

संघले कर्मचारीको कारण सहकारी संचालकलाई ५० लाख धरौटी मागेकोप्रति आपत्ति जनाएको छ ।

सहकारी संस्थामा जम्मा गरेको शेयर तथा बचतको उचित संरक्षण हुनुपर्छ, यदि कसैबाट सदस्यको बचत तथा शेयर रकम हिनामिना भएको भए दोषि उपर कार्बाही हुनुपर्छ,पीडितले रकम फिर्ता पाउनुपर्छ तर कर्मचारीको गल्तीका कारण सहकारी संचालकलाई पक्राउ गर्नु न्यायसंगत छैन्, पूर्व संचालकलाई समेत पक्राउ गरी लाखौँ धरौटी माग्नु न्यायसंगत छैन्, यस्तो कार्यले सहकारीको अभियानमा नकारात्मक असर परेको छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सहकारी संस्थाको रकम हिनामिना मुद्दामा केहि दिन अघि संस्थाका पदाधिकारी किरण भण्डारी र रुकमाङ्गत ज्ञवालीलाई ५०÷५० लाख धरौटीमा छोडिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]