Sidha Patra शुक्रबार, माघ २१, २०७८

सल्यान । चट्याङ लागेर एक महिलाकाे घटनास्थलमै मृत्युु भएकाे छ।

बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ७ लामसराका भाेल बहादुर कामीकि श्रीमती ४० वर्षिय रामकली कामीकाे मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। बिहीबार बेलुका करिब ७ बजेतिर घरमा चट्याङ पर्दा भान्सा काेठामा बसिरहेकी रामकलीकाे मृत्युु भएकाे र घटनाकाे खबर शुक्रबार बिहान(आज) प्रहरीलाई आए लगत्तै ईलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी नायव निरीक्षक शसीराम वलीकाे कमान्डमा ४ जनाकाे प्रहरी टाेली घटनास्थल पुगेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

त्यस्तै थप अनुसन्धानकाे लागि जिल्ला प्रहरी कार्यालयबाट SOCO सहितकाे ५ जनाकाे टाेली घटनास्थल तर्फ जान लागेकाे र घटनास्थल सदरमुकाम खलंगाबाट करिब ५३ किलोमिटर टाढा पर्ने प्रहरी निरीक्षक पौडेलले बताएका छन् ।जनसहारा

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]