
pku
Djs
Rgp1
Pes
Sgr
Ggp
cjs
Srbpu
Rgp
sbs
Unsku
Gfs
Lnp
Pbu

Rgu
Wsp
Rgs
Sbs
Vor
nsb
Rgu
Asm
Bbu
Ssm
Ggd
Pvg
Ksm
Hal
Gst
Sls
Tsm
Rsb
Bbbpu

Rmb
bbt
Pls
Syp
sab
Mks
Jmb
Ptm
Abd
Jmb
Rpp
Bml
Gsb
दाङ । दाङमा आज थप ८८ जनामा कोरोना संक्रमण पुुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ५५ जनाको पिसिआर परिक्षण गर्दा ३१ जना र विभिन्न ठाउँमा ९० जनाको एन्टीजेन परिक्षण गर्दा ५७ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।
त्यस्तै संक्रमित हुनेहरुमा घोराहीका ६५ जना, तुलसीपुरका ८ जना, लमही र दंगिशरणका ४÷ ४ जना, बंगलाचुुलीका २ जना, शान्तिनगर, गढवा र राप्तीका एक एक जना र जिल्ला बाहिरका २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
यसैविच आज १५ जना कोरोना मुक्त भएका छन् । घोराहीका ८, गढवा र दंगिशरणका तीन तीन र तुलसीपुरका एक जना कोरोना मुुक्त भएका हुुन् । दाङमा अहिले सकृय विरामीको संख्या ४ सय ३६ जना रहेको छ ।
त्यस्तै उनिहरु मध्य घरमा ४ सय २६ जना, आईसीयुुमा ७ जना र अक्सिजन सहितको उपचारमा ३ जना रहेका छन् । गएको बैशाख यता कोरोना संक्रमितको संख्या १० हजार २ सय ७३ पुुगेको छ । ति मध्य ९ हजार ६ सय १८ जना निको भएका छन् भने २ सय १९ जनाको मृत्युु भएको छ ।
