Sidha Patra सोमबार, माघ १०, २०७८

गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै कोरोनाका कारण कार्यालयमा कार्यरत केही कर्मचारीहरु संक्रमित भई आइसोलेसनमा उपचाररत रहेकाले अत्यावश्यक सेवा बाहेकका सेवा स्थगन गरेको जनाएको छ ।

प्रशासनले माघ ११ गते मंगलवारदेखि लागू हुने गरी अर्को सूचना जारी नहुन्जेलसम्मको लागि अत्यावश्यक सेवा अन्तर्गत पर्ने शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक अन्य सेवाहरु स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । कार्यालयमा सेवाग्राहीहरुको भिंडभाड़ उच्च रहेको र कोभिड १९ को संक्रमणको जोखिम थप बढ्ने अवस्थालाई मध्यनजर गर्दै यस कार्यालयबाट प्रवाह बन्द गर्नु परेको पौडेलको भनाई छ । प्रशासन कार्यालयमा कार्यरत सहाक प्रमुख जिल्ला अधिकारी सहित, नागरिता, राष्ट्रिय परिचयपत्र र सहायता कक्षमा कार्यरता कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको प्रजिअ पौडेलले बताए । प्रशासन कार्यालय गुल्मीमा पछिल्लो समय यता दैनिक जसो सेवाग्रहीको चाप वढदै गएको छ । नागरिता,मतदाता नामावली, राहदानी राष्ट्रिय परिचय पत्र लगायतका सेवा लिन दैनिक जसो भिडभाड उत्तिकै हुदै आएको छ । प्रशासनमा संक्रमित कर्मचारीसँगै सेवा प्रवाह गर्दा जिल्ला भर नै कोरोना संक्रमण फैलिन सक्ने भएकाले सेवा स्थगन गरिएको पौडेलको भनाई छ ।

अत्यावश्यक सेवा लिन आउनुहुने सेवाग्राहीले यस पूर्व मिति माघ ७ मा जारी भएको सूचनामा उल्लेख भएबमोजिम खोप कार्ड देखाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नु हुन अनुरोध समेत गरिएको छ । जिल्लामा कोरोना संक्रमण दर दिनानु दिन बढदै गएको छ । हाल जिल्लामा २८८ जना सक्रिय संक्रमित रहेका छन् ।कामना दैनिक

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]