Sidha Patra सोमबार, माघ १०, २०७८

प्युठान । प्युठान प्रहरीले कोरोनाविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । प्रहरीले बजार क्षेत्र, चोकहरु तथा गाउँगाउँमा माइकिङ गर्दै कोरोनाबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेको हो ।

जिल्लामा कारोनाको रोकथाम र नियन्त्रणका लागि माईकिङ गर्दै सचेतनामुलक सन्देश दिने काम भईरहेको प्युठानका प्रहरी नायब उपरीक्षक (डिएसपी) सत्य नारायण थापाले कामनाडेलीलाई बताउनुभयो ।

त्यस्तै उहाँका अनुसार प्रहरीले बाटोमा भेटिएका सर्व साधारणलाई भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र सार्वजनिक स्थानमा जाँदा अनिवार्य खोप कार्ड बोक्न तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए स्वास्थ्य कर्मीको सम्पर्कमा पुग्न समेत आग्रह गरेको छ। जिल्लामा कोरोना फैलन नदिन प्रहरीले दैनिक रुपमा जनचेतना कार्यक्रम फैलाउनतर्फ लागेको थापाले जानकारी दिनु भयो । कामना दैनिक

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]