
Pes
Unsku
cjs
Rgp
Djs
Pbu
Rgp1
sbs
Sgr
Lnp
Srbpu
pku
Gfs
Ggp

Pvg
Ggd
Ksm
Hal
Rgu
Rgs
Ssm
Rgu
Rsb
Asm
Sbs
Gst
Bbbpu
Wsp
nsb
Sls
Vor
Tsm
Bbu

Pls
Rpp
sab
Ptm
Bml
Rmb
Jmb
Syp
Abd
Mks
Jmb
Gsb
bbt
दाङ । कोरोना संक्रमणको दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा पालनामा गम्भिर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरुले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने बिषयलाई अनिवार्य गरेपनि नागरिक स्तरबाट भने गम्भिर लापर्वाही देखिएको हो ।
बिषेश गरी बजार क्षेत्रमा नागरिकहरुको भिडभाड अत्यधिक नै छ भने अधिकांशले मास्क नै लगाउने गरेका छैनन् । जान्ने बुुझ्नेहरुबाटै स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा अटेरी गर्दा कोरोना संक्रमण नियन्त्रणमा चुनौती थपिने स्वास्थ्यकर्मीहरु बताउछन् ।
यसैक्रममा कोरोना जोखिम न्यूनिकरणका लागि दाङमा प्रहरीले सचेतना मूलक कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । बढ्दो कोरोना जोखिमका बेला पनि मास्क नलगाउने र भिडभाड गर्नेहरुलाई प्रहरीले सम्झाउने गरेको दाङका प्रहरी प्रबक्ता डिएसपी मुुकुन्दप्रसाद रिजालले जानकारी दिनुुभयो ।
जिल्लाभरी नै बजार क्षेत्रमा प्रहरीहरु परिचाल भई कोरोना जोखिमका बारेमा जानकारी गराउने, अनिवार्य मास्क लगाउने र भिडभाड नगर्ने कुुुरामा सचेत पार्दै आएको उहाँको भनाई छ ।
यसैक्रममा आज प्रहरी निरीक्षक झबिन्द्र परियारको नेतृत्वमा खटिएको प्रहरी टोलीले तुलसीपुर चोक, शहिद गेट लगाएतका स्थानहरुमा तपाईको मास्क खोई भन्ने अभियानलाई निरन्तरता दिएको छ ।
सो क्रममा मास्क नलगाएर हिडेका दर्जनौ नागरिकहरुलाई कोरोना जोखिमको बारेमा बुुझाउदै अटेरी नगर्न र स्वास्थ्यको बिषेश ख्याल गर्न सुुझाब दिईएको प्रहरी निरीक्षक परियारको भनाई छ ।
