महेन्द्र सिंह/बाँके मंगलबार, माघ ०४, २०७८

बाँके । बिगत ६ दिनदेखि दुईवटा पाडा जंगलमा बाँधेर बाघको पहिचान र नियन्त्रणमा लिन गरिएको प्रयास सफल हुन नसकेपछि खोजी कार्य सोमबारबाट बन्द गरिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले बाघको चारोको लागि भनेर किनेर ल्याइएका दुई पाडाहरु फिर्ता गरिएको जानकारी दिए ।

बाघको खोजी कार्यमा प्रयोग गरिदै आएका दुई हात्तीहरु समेत फिर्ता गरिएको छ । गत असोजमा बाघलाई लोभ्याउनका लागि यसैगरी एउटा पाडो जंगलमा राखिएको थियो । त्यो प्रयासपनि सफल हुन सकेको थिएन ।

माघ ३ गते सोमबार देखि मान्छे खाने बाघको खोजी कार्य स्थगित भए पछी स्थानीयबासीहरु चिन्तित हुँदै बाघ नियन्त्रणमा नआउँदा गाउँलेहरुलाई फ़ेरि बाघले मान्छे खाने भन्दै आक्रोशित हुँदै बाँके राष्ट्रिय निकुञ्जको बजेट सक्ने काम र नाटक मात्र भएको स्थानीयको आरोप छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]