
Djs
cjs
Pes
sbs
Rgp
Lnp
pku
Gfs
Srbpu
Pbu
Sgr
Rgp1
Unsku
Ggp

Ssm
Rgu
Ggd
Asm
nsb
Rsb
Vor
Bbbpu
Wsp
Tsm
Rgs
Sbs
Sls
Ksm
Gst
Rgu
Bbu
Pvg
Hal

Jmb
Syp
Abd
Bml
Rmb
sab
Mks
Rpp
bbt
Gsb
Ptm
Jmb
Pls
बागलुङ । गलकोट नगरपालिकामा आज देखि कोरोना पिसिआर परिक्षण गरिदै छ । गत वैशाख ११ गते गलकोट नगरपालिकाबाट गृह जिल्ला पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमणको पुष्टि भए सँगै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परिक्षण गर्न लागिएको गलकोट नगरपालिकका नगर प्रमुख भरत शर्मा गैरे जानकारी दिए । गैरेका अनुसार वैशाख ११ गते गलकोटबाट फर्केका मजदुरहरुको सम्पर्कमा रहेका गलकोट नगरबासीहरुको पिसिआर परिक्षण गरिने छ । पिसिआर परिक्षणका लागि तयारी समेत भईसकेको नगरप्रमुख गैरेले बताए । अहिले सम्म १ सय जना निगरानीमा रहेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेले जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार गलकोटमा आज देखि ३ दिनसम्म त्यि व्यक्तिहरुको थ्रोट स्वाव संकलन गरिनेछ । १ दिनमा ३० देखि ३५ जना सम्मको थ्रोट स्वाव संकलन गर्न सकिने गुरौले बताए । गलकोट नगरपालिकामा करिब १ सय जनाको पिसिआर परिक्षण गरिने छ । गलकोट नगरपालिकाकाले गलकोट क्षेत्रमा कोरोनाको उच्च जोखिम बढेको भन्दै जेठ १ गते देखि लकडाउनलाई थप कडा बनाएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिईन । बिहीबार देखि नगर भित्र एम्बुलेन्स र अस्पताल मात्रै खुल्ला रहने गरि सबै क्षेत्र ठप्प पारिएको छ । त्यस्तै गलकोट प्रवेश गर्ने नाकाहरु गिरङदी खोला, घोडाबाँधे र जँगराको नाकामा कडाई गरिएको छ । लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन प्रहरी प्रशासन, जनप्रतिनिधी, सरोकारवालाले उच्च निगरानी राखिरहेको ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख केशव सिंह थापाले जानकारी दिए ।
