
Fmb
Ppu
Ksb
Ksb
jsb
Ksb
Gsb
Bsn
Ssb
Rks
Rsb
Nsb
Usb
Csb
Ssb
Tgp

Ssb
Tsb
Usb
Hl1
Gsb

Rgu
ptl
Nps
दाङ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवाको आठौं अधिवेशन तथा १८ औं उपशाखा सभा बुधवार गढवामा आयोजना गरिएको छ । उपशाखा गढवाका सभापति दिपक कुमार यादवको अध्यक्षता र रेडक्रस दाङका उपसभापति मदन गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला शाखा दाङका उपसभापति मदन गौतमले मानविय सेवामा समर्पित रेडक्रस कसको हो भन्ने भन्दा पनि कस्तो बनाउने भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो । रेडक्रसका मुल्य मान्यता र सिद्धान्त अनुरुप सहमति र सहकार्यबाट ुसर्बसम्मत नेतृत्व चयन गर्नु आजको आवश्यकता भएको उहाँले बताउनु भयो । कार्यक्रममा रेडक्रस दाङका मन्त्री प्रकाश श्रीबन्धवले रेडक्रसको इन्कोर कार्यक्रमले उत्पादन गरेका जनशक्ति परिचालन र बिपद् प्रतिकार्यमा निरन्तर लाग्न स्थानीय सरकारसंग समन्वय र सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा एमालेका दामोदर ढुंगाना,माओवादी केन्द्रका महेश अधिकारी,राष्ट्रिय जनमोर्चाका गुणनिधी शर्मा, नेकपा एकिकृत समाजवादीका गोबिन्द रोका,जनता समाजवादीका महबुव अली,सल्लाहकार जगतराम यादव,देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष गिरीराज भट्ट,चेतनशिम महीला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी,नवस्वर्गद्धारी महिला सहकारीका अध्यक्ष रेखा थापा,गढवा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रविलाल आचार्य र सामुदायि बिपद् तथा जलवायु उत्थानशिल समितिका बाबुराम यादव लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा बिभिन्न कोणबाट रेडक्रसलाई योगदान गर्नुहुने रश्मीराज नेपाली,जगधिश प्रसाद कौशल, स्थानेश्वर पौडेल,कृष्ण प्रसाद भुसाल,केशवराज भुसाल र भगवती प्रसाद चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सचिव मधम न्यौपानेले संस्थागत प्रतिवेदन र उपकोषाध्यक्ष नारायण भुसालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका सहसचिव दयाराम यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन सचिव मधा न्उौपानेले गर्नुभएको थियो । कार्यक्रमको बन्दशत्रले जिल्ला रेडक्रसको परामर्शमा प्रकृया पुरा गरि आगामी माघ ६ गते सम्म सहमति जुटाई सर्बसम्मत कार्यसमिति चयन गर्ने निश्कर्ष निकालेको छ ।

