
pku
Srbpu
Cps
Unsku
Djs
Pbu
sbs
Rgp
Gfs
Sds
Sgr
Ggp
Lnp
cjs
Rgp
Pes
Rmb
Rgp1
Gis

Bbu
Tsm
Bbbpu
Gst
Hal
Rgs
Sls
Rgu
nsb
Rgu
Asm
Sbs
Wsp
Rsb
Ssm
Ksm
Ggd
Vor
Pvg

Ptm
bbt
Gsb
Jmb
Pls
Mks
Abd
Rpp
sab
Jmb
Syp
Bml
Rmb
दाङ । दाङ घोराहीका मूख्य सडक मर्मत सम्भार नगरिंदा नागरिकले सास्ती बेहोर्नु परेको छ । सडकमा ठुलठुला खाल्डा बने पनि लामो समयदेखि मर्मत सम्भार नगर्दा स्थानीयले सास्ती बेहोर्नु परेको हो । त्यस्तै सवारी साधन सञ्चालनमा समेत समस्या हुने गरेको छ ।
लामो समयसम्म सम्बन्धीत निकायले दिर्घकालिन रुपमा सडक मर्मततर्फ चासो नदिंदा आवात– जावातमा समस्या हुने गरेको स्थानीय नरेश खड्काले बताउनु भयो । स्थानीय सरकारले पटकपटक भन्दा समेत सडकमा परेका खाल्डाखुल्डी पुर्न तथा मर्मत गर्न सम्बन्धीत निकायले चासो देखाएको छैन ।
घोराही बजार भित्र पर्ने मुख्य सडक मर्मतको काम सडक डिभिजन कार्यालयले हेर्ने भएकाले घोराही उपमहानगरपालिकाले केहि गर्न नमिल्ने उपमहानगरपालिकाको पूवार्धार महाशाखा प्रमुख यूवराज पौडेलले बताउनु भयो । सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी अमिर सुबेदिले ठेकेदारले अबको केहि दिनमै सडक मर्मत थाल्ने बताउनुभयो । बजारका मुख्य सडकमा परेका खाडलका कारण दुर्घट्नाको जोखिम बढेको छ भने नागरिकहरुलाई आवातजावत गर्न समेत समस्या भएको छ ।
