Sidha Patra मंगलबार, पुष २७, २०७८

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्र कुनैपनि प्रकारको मेला महोत्सव,भेला,जुलुस सञ्चालन गर्न पूणर् रुपमा रोक लगाएको छ । राप्ती गाउँपालिका स्तरीय संकट व्यवस्थापन समिति (सिसीएमसी) को सोमबार गाउँपालिकाको सभाहल मसुरियामा बसेको बैठकले यस्तो निणर्य गरेको हो ।

समितीका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले बिबाह, ब्रतबन्ध, धार्मिक कार्यक्रम, भोजभतेर आयोजना गर्दा नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूणर् पालना गर्न, गराउन सरोकारवालाहरुलाई अनुरोध गर्ने समितीका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले महामारी नियन्त्रण तथा रोकथामका लागि संञ्चारमाध्यमबाट ब्यापक प्रचारप्रसार गर्ने, गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्वास्थ्य सुरक्षाको पूणर् पालना गरी पौष मसान्त भित्र दोस्रो चरणको परिक्षा सम्पन्न गर्न विद्यालयहरुलाई निर्देशन दिने र वडा नम्बर ५ मा रहेको साविक जनकल्याण प्रावि कालापानी हाल प्रस्तावित १५ सैयाँको सिसहनियाँ आधारभूत अस्पतालमा गाउँपालिकास्तरको कोभिड अस्थाई अस्पताल सञ्चालन गर्ने लगायतको निणर्य गरेको समितीका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख राउतले जानकारी दिए ।

समितीका सदस्य तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको बिषय प्रबेशबाट शुरु भएको बैठकमा समितीका सदस्यहरु ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख भुवन भट्ट, गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, २ नम्बर वडाध्यक्ष जगतबहादुर थापा, ३ नम्बर वडाध्यक्ष चन्दर चौधरी, ४ नम्बर वडाध्यक्ष बिष्णुबहादुर घर्तीक्षेत्री, ७ नम्बर वडाध्यक्ष तथा गाउँपालिका प्रबक्ता विद्यासरण चौधरी, ८ नम्बर वडाध्यक्ष गोकणर्बहादुर राना र ९ नम्बर वडाध्यक्ष रिमबहादुर सुनारी मगरको उपस्थिती रहेको थियो ।

त्यस्तै बैठकमा नेकपा एमाले राप्ती गाउँपालिका सचिव भरतमणि न्यौपाने, नेकपा माओवादी केन्द राप्ती गाउँपालिका अध्यक्ष श्यामेश चौधरी, नेकपा एकिकृत समाजवादी राप्ती गाउँपालिका अध्यक्ष ज्ञानु गौचन, जनता समाजवादी पार्टी नेपाल राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चा राप्ती गाउँपालिका अध्यक्ष केशबराज खनाल, राप्ती प्रेस मञ्च राप्ती गाउँपालिका अध्यक्ष अर्जुन अधिकारी, राप्ती उद्योग बाणिज्य संघ भालुवाङका बरिष्ठ उपाध्यक्ष बाबुराम थापा, गाउँपालिकाका सुचना अधिकारी विश्वास विक, विपद् व्यवस्थापन शाखा प्रमुख सुबास भट्टराई, रेडियो राप्ती/राप्ती टेलिभिजनका सहायक स्टेसन म्यानेजर सन्तोषकुमार गुप्ता र गाउँपालिकाका सञ्चार संयोजक तिर्थराज ज्ञवाली लगायतको उपस्थिती रहेको थियो । बैठकको सहर्जीकरण समितीका सदस्य सचिव तथा स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गरेका थिए ।देउखुरी टुडेबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]