Sidha Patra सोमबार, पुष २६, २०७८

कपिलवस्तु । कपिलवस्तुका उखु किसानले सरकारसँग रकम माग गर्न ५० पटक सम्म ज्ञापन पत्र बुझाएका छन् ।

आइतबार ५० औँ पटक उखुको रकम पाउनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको किसान संघ कपिलवस्तुका अध्यक्ष अनुप कुमार चौधरीले बताउनु भयो । चौधरी सहितका किसानहरू पटक पटक ज्ञापन पत्र दिँदा र आन्दोलन गर्दासम्म कुनै सुनुवाइ नहुँदा चिन्तित बनेका छन् । ‘यो ६ वर्षको अवधिमा जिल्ला प्रशासन, इलाका प्रशासनमा मात्र ५० पटक ज्ञापन पत्र बुझायौ, चौधरीले भन्नु भयो । अहिले सम्म कुनै सुनुवाइ हुन सकेको छैन, । आर्थिक वर्ष ०७१।७२ मा सरकारले प्रतिक्युन्टल रु २५ का दरले दिने भने पनि अहिले सम्म उक्त रकम कपिलवस्तुका उखु किसान पाउन सकेका छैनन् । जिल्लाका ७ हजार किसानले २ करोड ५० लाख पाउनुपर्ने रकम नपाएको चौधरीको गुनासो छ ।

यसैगरी यही रकमको माग गर्न भनी कपिलवस्तुका उखु किसान अहिले सम्म ३५ पटक काठमाडौं पुगेका छन् । किसानहरूले गरेको चक्काजाम, अनसनको गन्ती नै छैन । कृषि मन्त्रालय,अर्थ मन्त्रालय मात्र होइन प्रधानमन्त्रीको कार्यालय सम्म पुगेको किसानहरूको भनाई छ । ‘हामीले धेरै पटक आन्दोलन गर्‍यो, सरकारले चिनी मिलले दिन्छ भन्छ,चिनी मिलले सरकारले दिनुपर्छ भन्छ,कृषक ओमप्रकाश चौधरी भन्छन्,‘किसानहरूलाई आश्वासन बाहेक अरू केही भएन, । शिवराज नगरपालिका ७ मा रहेको महालक्ष्मी सुर्गस मिल अहिले स्थान तरण गरी सर्लाही लगिएको छ । मिलका सञ्चालक वीरेन्द्र कनोडियाले आफूले दिनुपर्ने किसानको रकम वाकी नरहेको दाबी गर्दै आएका छन् ।कामना दैनिक

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]