Sidha Patra सोमबार, पुष २६, २०७८

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरका आरक्षपीडितलाई न्याना कपडा वितरण गरिएको छ । रुडुक नेपालले बेदकोट नगरपालिका ९ सुन्दरपुर क्षेत्रका आरक्षपीडितलाई न्यानो कपडा वितरण गरेको हो । शितलहर बढ्दै गएपछि विपन्न परिवार संकटमा परेको भन्दै रुडुक नेपालले विपन्न आरक्षपीडितलाई न्याना कपडा (कम्बल) वितरण गरेको छ ।

नेपाली काँग्रेस कञ्चनपुरका युवा नेता सिरोमणी कुमार ओझाले पीडितको नाजुक अवस्था देखेर रुडुक नेपालकी महासचिव एव काँग्रेस नेतृ ज्योत्सना साउदको विशेष पहलमा पीडित परिवारलाई न्यानो कपडा वितरण गरिएको बताए । रुडुक नेपालका सह सचिव पवन नेपालीले २ सय ६० परिवारलाई न्याना कपडा वितरण गरिएको बताए ।

त्यस्तै काँग्रेस कञ्चनपुरका पाटी सभापति पदम बोगटीको प्रमुख आथित्यमा न्यानो कपडा वितरण गरिएको थियो । चिसोमा न्यानो कपडा पाएपछि पीडित हर्षित भएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]