
Ssb
Ksb
Tgp
Usb
Ksb
Nsb
jsb
Fmb
Bsn
Ssb
Gsb
Rks
Rsb
Ppu
Ksb
Csb

Usb
Gsb
Ssb
Hl1
Tsb

Nps
ptl
Rgu
काठमाडौं । नेपाल एकै दिन थप ५७ जनामा कोरोना भाइरस (कोभिडि-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देहि, बारा र पर्सा जिल्लामा थप ५७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा कपिलवस्तुमा ८ जना, रुपन्देहिमा ९, पर्सामा ३९ र बारामा १ जनामा गरि जम्मा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता समिरकरमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रसमित सबै पुरुष रहेका छन् । साथै उनिहरुको स्वास्थ्य अवस्था सामान्य र रहेको र उनिहरु सबै स्वास्थ्यक्रमिको सम्पर्कमा रहेको उनले बताए ।
यस अघि हिजो सोमबार पनि एकैदिन २४ जनामा संक्रमण पुष्टि भएको थियो। नेपालमा संक्रमित भेटिएकामध्ये हालसम्म ३३ जना निको भएर घर फर्केका छन्।
