महेन्द्र सिंह/बाँके शुक्रबार, पुष २३, २०७८

बाँके । नेपालगञ्जमा पछिल्लो समय दुर्घटना निकै बढेपछि दिउँसै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने गरेको गुनासो आए पछी । जाडोयाम दिउँसै मापसे गरेर सवारी साधन चलाउने गरेका कारण दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीले उनीहरु विरुद्ध कडाइ गर्ने भएको छ ।

त्यस्तै जिल्ला ट्राफिक कार्यालय बाँकेको कमाण्ड सम्हालेको करिव दुई सातापछि शुक्रवार कोहलपुरमा पत्रकारहरुसँग परिचयात्मक कार्यक्रममा बोल्दै बाँके जिल्ला ट्राफिक कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक हिमालय शाहले दुर्घटना न्यूनीकरण पहिलो प्राथमिकता भएको जानकारी दिए ।

यस्तै जाडो मौसममा दिउँसै मापसे गर्ने गरेको पाइएपछि यसअघि साँझको समयमा हुँदै आएको सरप्राइज चेकिङलाई दिउँसो समेत गरिने जानकारी दिए । उनले अटो रिक्सा, ई रिक्सा व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकासँग समन्वय गरेर ई रिक्सा दर्ताको काम भइरहेको पनि जानकारी दिए ।

त्यस्तै नेपालगञ्ज र कोहलपुर क्षेत्रमा मालबाहक सवारी साधान तोकिएको समयमा लोड अनलोड गर्ने व्यवस्था मिलाउन पहल गरिने उनको भनाइ छ । अनटेष्ट र नम्वर प्लेट स्पष्ट नभएका सवारी साधानहरुमा नम्वर प्लेट बनाउन लगाउने कार्यलाई पनि कडाइ गरिने उनले बताए ।

यसैगरी भएको जनशक्ति र स्रोतसाधनको उपयोग गरेर दुर्घटना न्यूनिकरणको प्रयास गरिने उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा ट्राफिक व्यवस्थापनमा सुधारको महशुस गराउने प्रतिबद्धतासमेत जनाए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]