
Msbg-2
Pbu
Gsbg-3
Gsbr-6
Jsbg-7
Csbg-7
jsbr-3
Rksr-7
ksbl-7
Usbl-7


दाङ । जखेराताल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण शभा तथा अधिवेशन आज सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष शोभा घिमिरेको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देबका बेलबासेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अबसरमा थोरै बचतबाट शुरु गरिएको बचत संकलन अभियानका कारण अहिले महिलाहरु सफल उधमी र ब्याबसायी बन्न सकेकोमा खुशि ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि देबका बेलबासेले हिजोका दिनमा मासिक २० रुपैया संकलन गरेर थालिएको बचत संकलनको अभियान अहिले २ करोड बढि भएको छ । सोही बचतका कारण अहिले थुप्रै महिलाहरु स्वरोजगार तर्फ उन्मुख र आर्थिक रुपमा बलियो भएको बताउनु भयो । उहाँले बचत समुहमा आबद्ध भएका धेरै महिलाहरु अहिले राजनीतिको नेतृत्व दायि भुमिकामा रहेको उल्ल्खे गर्दे संस्थाको पुर्ब अध्यक्ष समेत रहनु भएकी उप प्रमुख बेलबासेले आर्थिक संगै संस्थागत बचतगर्ने बानीको विकाशले सामाजिक र राजनीति क्षेत्रमा समेत अग्रसर हुन प्रेरणा मिलेको बताउनु भयो ।
कार्यक्रममा अर्का बक्ता नेपाल पत्रकार महासंघ दाङका निर्बतमान अध्यक्ष तथा रेडियो हाईवेका सम्पादक लिला शाहले बचत तथा ऋण सहकारीमा आबद्ध भएका महिलाहरुलाई आर्थिक ब्यबस्थापन को लागि साहुको घरदैलोबाट चर्को व्याज लिएर गर्जेटार्ने समस्याको अन्त्य भएको बताउनु भयो । कान्तीपुर सहकारीका सचिब शोभाकर आचार्यले महिलाहरुलाई संगठित र आर्थिक रुपमा बलियो हुनका लागि सहकारीले राम्रो अबसर दिएको र त्यसलाई सबैले सहि तरिकाले उपयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका पुर्ब अध्यक्ष तथा ऋण समितिका संयोजक उदयरानी चौधरी,अन्जु चौधरी,संस्थाका पुर्ब सचिब सिता पौडेल लगायतले बोल्नु भएको थियो ।
सो अबसरमा सचिब सरस्वती भुषलले वार्षिक र कोषाध्यक्ष माया पोखरेलले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । २०६४ सालमा साबिक सोनपुर गाबिस स्तरीय महिला बचत तथा ऋण सहकारी संस्थामा हाल ९ सय २९ जना सदस्य रहेका छन् कार्यक्रमको संचालन सचिब सरस्वती भुषालले गर्नु भएको थियो । सो अबसरमा जेष्ठ नागरि सहित संस्थाका विभिन्न बिधामा उत्कृष्ट भएका समुह समितिलाई सम्मान गरिएको थियो ।
