
Gsb
Rks
Ksb
Ssb
Usb
Csb
jsb
Tgp
Ppu
Rsb
Nsb
Ksb
Ssb
Ksb
Fmb
Bsn

Hl1
Ssb
Gsb
Tsb
Usb

Nps
ptl
Rgu
बाँके । बैजापुर जंगलमा पाटेबाघले आक्रमण गर्दा महिलाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ पर्सोना निवासी ५४ वर्षीया महिला लिला बिष्टको मृत्यु भएको हो । प्रहरीका अनुसार जंगलमा घाँस काट्न गएको बेलामा बिहीबार मध्यान्ह १२ बजेतिर बाघले आक्रमण गरेको थियो ।
गाउँका तीन जना महिलाहरु स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने स्थानमा घाँस काट्न गएका थिए । घाँस काट्न गएकी विष्टलाई एक्कासी बाघले झम्टेको थियो । उनलाई घिसार्दै घटनास्थलबाट करिव २० मिटर पर लगेर खादै गरेको अवस्थामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेर शव नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धामपुरका इन्चार्ज(प्रहरी नायव निरीक्षक मुकुन्द सिग्देलले जानकारी दिए ।
‘बाघले महिलालाई आक्रमण गरेको जानकारी पाउने वित्तिकै हामीहरु घटनास्थलमा पुग्यौं, बाघले मारेर खाइरहेको अवस्थामा दुई राउण्ड हवाई फायर गरेर शवलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने । राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ को जंगलमा केहीदिन यता पाटेबाघ देखा परिरहेको स्थानीय बासिन्दा बताउँछन् ।
यसअघि बुधबार जंगलमा पात टिप्न गएको अवस्थामा एक जना महिलालाई पनि आक्रमण गरेको थियो । तर, उनी बाँच्न सफल भएकी थिइन् । बाँकेमा तीन महिनाको अवधिमा मात्रै बाघको आक्रमणबाट यो सहित ३ जनाको मृत्यु भइसकेको छ । यता बाघले निरन्तर मान्छे मारिरहेको बेलामा बाँके राष्ट्रिय निकुञ्ज भने घाम तापेर बसेको स्थानीयहरु आरोप लगाउछ्न । बाघलाई नियन्त्रणमा लिन न सक्नुको कारण पनि बाँके राष्ट्रिय निकुञ्जको ठुलो कमजोरी रहेको आक्रोशित नागरिकहरुले बताए ।
