
Rgp
Gis
Lnp
Rgp1
Ggp
cjs
Pbu
Sgr
sbs
Unsku
pku
Gfs
Cps
Srbpu
Djs
Rgp
Sds
Pes
Rmb

Sls
Gst
Bbu
Rgu
Ksm
Sbs
Pvg
Ggd
Vor
Rsb
Rgu
nsb
Bbbpu
Wsp
Hal
Tsm
Asm
Ssm
Rgs

Jmb
Syp
Gsb
Abd
sab
Rpp
Pls
bbt
Jmb
Ptm
Rmb
Bml
Mks
प्युठान । प्युठान जिल्लाका स्थानीय तहहरुले फोहोर व्यवस्थापन गर्नमा सक्रियता देखाएकाछन् । जिल्लाका धेरैजसो पालिकाले बजार क्षेत्रको फोहोर उठाएर डम्पिङ् साइडमा बिसर्जन गर्दै आएका हुन् । जिल्लाको प्युठान नगरपालिका,स्वर्गद्वारी नगरपालिका,माण्डबि गाउँपालिकाले फोहोर बोक्नका लागि टिपर, ट्याक्टर नै खरिद गरेका छन्।
यस्तै नौबहिनी गाउँपालिकाले ठेलामा र सरुमारानी गाउँपालिकाले नीजि क्षेत्रसंग ठेक्का संझौता गरेर ट्याक्टर मार्फत फोहर व्यवस्थापन गर्दै आएको छ । प्युठान नगरपालिकाको उप-प्रमुख शान्ता आचार्यले बजारको फोहोर नियमित उठाउने गरिएको बताउनु भयो ।
त्यस्तै उहाँका अनुसार नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्याउँछन्। नकुहिने एकातीर अरु कुहिने फोहोरलाई अर्कोतिर बनाईन्छ । नगरपालिकाले कुहिने फोहोरबाट (जैविक फोहोर)बाट कम्पोष्ट मल बनाउने गरेको छ। उक्त मल बिक्री गर्ने गरिएको उपप्रमुख आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, हामीले मल बेचेर आम्दानी पनि गरिरहेका छौं ।
