Sidha Patra मंगलबार, पुष २०, २०७८

प्युठान । प्युठान जिल्लाका स्थानीय तहहरुले फोहोर व्यवस्थापन गर्नमा सक्रियता देखाएकाछन् । जिल्लाका धेरैजसो पालिकाले बजार क्षेत्रको फोहोर उठाएर डम्पिङ् साइडमा बिसर्जन गर्दै आएका हुन् । जिल्लाको प्युठान नगरपालिका,स्वर्गद्वारी नगरपालिका,माण्डबि गाउँपालिकाले फोहोर बोक्नका लागि टिपर, ट्याक्टर नै खरिद गरेका छन्।

यस्तै नौबहिनी गाउँपालिकाले ठेलामा र सरुमारानी गाउँपालिकाले नीजि क्षेत्रसंग ठेक्का संझौता गरेर ट्याक्टर मार्फत फोहर व्यवस्थापन गर्दै आएको छ । प्युठान नगरपालिकाको उप-प्रमुख शान्ता आचार्यले बजारको फोहोर नियमित उठाउने गरिएको बताउनु भयो ।

त्यस्तै उहाँका अनुसार नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्याउँछन्। नकुहिने एकातीर अरु कुहिने फोहोरलाई अर्कोतिर बनाईन्छ । नगरपालिकाले कुहिने फोहोरबाट (जैविक फोहोर)बाट कम्पोष्ट मल बनाउने गरेको छ। उक्त मल बिक्री गर्ने गरिएको उपप्रमुख आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, हामीले मल बेचेर आम्दानी पनि गरिरहेका छौं ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]