
Gsbg-3
Gsbr-6
Jsbg-7
ksbl-7
Msbg-2
jsbr-3
Csbg-7
Rksr-7
Usbl-7
Pbu


पाँचथर । आफ्नै श्रीमती ४५ वर्षीया जीवन कुमारी नेम्बाङको हत्या गरेको अभियोगमा फाल्गुनन्द गाउँपालिका वडा २ ईम्बुङ बस्ने ईन्द्र कुमार नेम्बाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै ईन्द्र कुमारले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको भन्ने खबर जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्राप्त हुनासाथ खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय बिर्तामोड झापाबाट खटिएको प्रहरीले ईन्द्र कुमारलाई पक्राउ गरेको हो ।
