Sidha Patra सोमबार, पुष १२, २०७८

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखा र ग्लोबल नेप्लिज न्यूज नेटवर्क यूकेको आयोजनामा आइतबार ‘सडक दुर्घटना न्यूनिकरण: कसको जिम्मेवारी ?’ बिषयक अनलाइन अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बिभिन्न विज्ञहरुले सडक दुर्घटना न्यूनिकरण सम्बन्धी प्रस्तुती राखेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शिवहरी सापकोटा, काठमाण्डौ मेडिकल कलेजका कम्युनिटी मेडिसिनका विभागीय प्रमुख डा. सुनीलकुमार जोशी र यूनिभर्सिटी अफ द वेष्ट अफ ईङ्ल्याण्ड, यूकेका पूर्व रिसर्च फेलो डा. पुष्पराज पन्तले दुर्घटना न्यूनिकरणमा गर्नसकिने उपायबारे प्रकाश पारेका थिए ।

उनीहरुले सडक दुर्घटनाले भैरहेको क्षती, दुर्घटना कम गर्न भैरहेका प्रयास, अन्तर्राष्ट्रिय अभ्यास जस्ता बिषयमा स्पष्ट पारेका थिए । कार्यक्रममा लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एस्पी योगेन्द्रसिंह थापाले दुर्घटना न्यूनिकरणका लागि सवारीसाधन जाँच, कारवाही र सचेतनामुलक कार्यक्रमहरु सञ्चालन भैरहेको जानकारी दिएका थिए । कार्यक्रममा सहभागी जर्मनीबाट पत्रकार दिपक धिताल र दाङबाट पत्रकार रञ्जिता शर्माले सवारीचालक अनुमतिपत्र वितरणमा हुने लापरवाही र सडकको दुराबस्थाले दुर्घटना बढिरहेको धारणा व्यक्त गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक एवं सडक दुर्घटना र चोटपटक सम्बन्धी अनुसन्धानकर्ता भगवती सेढाइले कार्यक्रमको निष्कर्ष प्रस्तुत गरेकी थिइन् । ट्राफिक प्रहरीको सक्रियता, सडकको अबस्था सुधार, सवारी चालक अनुमतिपत्र वितरणमा गम्भिरता जस्ता बिषयमा सरोकारवालाले ध्यान दिन जरुरी रहेको उनले बताइन् । पत्रकार महासंघका दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले सडक दुर्घटना न्यूनिकरणमा मिडियाले खेल्नसक्ने भूमिकाबारे प्रकाश पारेका थिए । ग्लोबल नेप्लिज न्यूज नेटवर्क यूकेका प्रधान सम्पादक जगन कार्कीले दुर्घटना न्यूनिकरणमा सबै सरोकारवालाको गम्भिरता जरुरी रहेको बताए । कार्यक्रमको सहजिकरण बिबिसीका पत्रकार भगिरथ योगीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]