
Sgr
Pbu
Rgp
cjs
Ggp
sbs
Lnp
Rgp1
Pes
Gfs
pku
Unsku
Srbpu
Djs

Ksm
Bbbpu
Gst
Asm
Ggd
Rgu
Rgs
Bbu
Hal
Vor
Wsp
nsb
Tsm
Pvg
Sbs
Rgu
Sls
Rsb
Ssm

Abd
Rmb
Jmb
Rpp
bbt
Syp
Gsb
Bml
Mks
Jmb
Ptm
sab
Pls
प्यूठान। प्यूठानमा कोरोना परीक्षण गर्न किटको अभाव भएको छ । कोरोना भाइरस कोभिड–१९ को दु्रत परीक्षण (आरडीटी) किट अभाव भएको प्यूठानका स्थानीयले जानकारी दिएका छन् ।
विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागी नेपाल सरकारले ४४ दिनदेखि देश लकडाउन गरेको छ । देश बन्दाबन्दी भएपछि जिल्ला भित्रिएका नागरिकलाइ स्थानीय तहको क्वारेन्टाइनमा राखिएको छ ।
कोरोना भाइरसको आशंकामा क्वारेन्टाइन रहेका व्यक्तिलाई आरडीटी परीक्षण नगरी घर पठाउनुपर्ने अवस्था आएको नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ऋषिराम शर्माले बताए । ‘हिजोसम्म ४ वटा किट थियो र ४ जनामा आडिटी परीक्षण गरेर घर पठायौं,’ उनले भने, ‘हामीसगँ किट नै छैन अब के गर्ने भन्ने भएको छ ।’ किटको अभाव हुँदा कोरोना संक्रमणको आशंका लागेकाको रगत परीक्षण गर्न समस्या भएको उनी बताउँछन् ।
अहिले जिल्लाका सबै स्थानीय तहमा किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकाको रगत परीक्षण गर्न नसकेको प्यूठानका स्थानीय तहले बताएका छन् । किट अभाव हुँदा क्वारेन्टाइनमा बसेकालाई थर्मल गनले सामान्य ज्वरो मात्रै नापेर घर पठाउनुपर्ने अवस्था सिर्जना भएको स्थानीय तहका स्वास्थ्य शाखा संयोजकले बताएका छन् । उनीहरुका अनुसार किटका लागी स्वास्थ्य कार्यालयसँग समन्वय परेका छन् ।
विभिन्न स्थानबाट लकडाउनको समयमा गाउँ फर्किएकाहरूलाई प्यूठानका स्थानीय तहले क्वारेन्टाइनमा राखिएको छ । १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने र कोरोना परीक्षण गरेर मात्रै घर फर्किने व्यवस्था छ ।
तर पछिल्लो समय कोरोना परिक्षण गर्ने किट अभाव हुँदा प्यूठानका विभिन्न क्वारेन्टाइनमा बसेकाहरु परीक्षणविनै घर फर्किन थालेका छन्, जसका कारण जोखिम अझै बढेको छ । जिल्लामा मंगलवार मात्र ११६ जना घर गएका छन् । उनीहरूलाई सामान्य ज्वरो नापेर घर पठाइएको छ ।
किट अभाव हुदा १४ दिन सम्म क्वारेन्टाइनमा बसेका नागरिकलाई एक हप्ता हामे क्वारेन्टाइनमा बस्न प्रतिबद्धता लिएर घर पठाएको नौबहिनी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ऋषिराम शर्माले बताए । ‘उनीहरुसँग प्रतिबद्धता लिएका छौँ, साथै उनीहरुको जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीले अनुगमन गर्ने गरेका छौं,’ उनले भने ।
उता, स्वास्थ्य कार्यालय प्यूठानले जिल्लामा मात्र देशभर नै किट अभाव भएको बताएको छ । किट अभाव भएकाले थप केही दिन क्वारेन्टाइनमा बस्न आग्रह गरेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । ‘हामीले थप केही दिन बस्न भनेका छौं,’ उनले भने ।
नागरिकले नमाने अनिवार्य रुपमा हामे क्वारेन्टाइन बस्न आग्रह गरेका उनले बताए । किट देशैभरी अभाब देखिएको केहि दिनभित्र आउने उनले जानकारी दिए । प्यूठानका जिल्ला बाहिर तथा बिदेशबाट आएका करिब तिन हजार भन्दा धेरै जना जिल्लाका बिभिन्न क्वारेन्टाइनमा रहेका छन् ।
