Sidha Patra मंगलबार, बैशाख २३, २०७७

अर्घाखाँची । अर्घाखाँचीमा जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा आमाछोरीको ज्यान गएको छ भने सासु र देउरानी बिरामी परेका छन ।
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाएका ४ जना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारको क्रममा बुटवलको लुम्बिनी सिटीमा उनकी ७ वर्षीय छोरी बिपा महत्राको भैरहवा मेडिकल कलेजमा गएराती उपचारको क्रममा मृत्यु भएको मृतकका मामा हुम बहादुर रायमाझीले जानकारी दिए । आमा छोरीको दुइ दिनको अन्तरमा मृत्यु भएको हो । त्यस्तै, सासु् लालसरी महत्रा, देउरानी लक्ष्मी महत्रा बिरामी छन् । उनिहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।
समस्या जटिल देखिएपछी बुटवल रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए । उनका अनुसार च्याउ खाएपछि लगातार पखाला लाग्ने र बान्ता आउने समस्या देखिएको थियो। त्यसपछी महत्रा परिवारले सन्धिखर्कको एक मेडिकलमा औषधी खरिद गरी सेवन गरेका थिए । समस्या झन् बढेपछि मात्र उनीहरु शनिबार अस्पताल आएका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]