शिबराज पन्थी/गढवा बुधबार, मंसिर ०८, २०७८

दाङ । देउखुरीको गढवा गाउँपालिकाले यहि मंसिर ९ गते देखि सुरु हुने लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको कार्यक्रम तय गरेको छ ।

गाउँपालिकाका अध्यक्ष सहजराम यादव,उपाध्यक्ष शान्ती चौधरी लगायतका जनप्रतिनिधि र गढवा गाउँपालिकामा कृयाशिल संघसंस्थाहरुको सहभागितामा कार्यक्रम तयार गरिएको गाउँपालिका महिला तथा वालवालिका शाखाले जनाएको छ ।जस अनुसार आउँदो मंसिर ९ गते अर्थात् २५ नोभेम्बरका दिन गढवामा कृयाशिल १८ वटा संघसंस्थाहरु,कर्मचारी र जनप्रतिनिधीको उपस्थितीमा सन्देश प्रबाह गर्न गढवा बजारमा मार्चपास सहित परिक्रमा गरि दिप प्रज्ज्वलन गरिने भएको छ । दोश्रो चरणका कार्यक्रम अन्तरगत गढवाका सबै बिद्यालयहरु समेटिने गरि बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने र आम बिद्यार्थीहरुमा सन्देश प्रबाहगर्ने कार्यक्रम रहेको महिला तथा वालवालिका शाखाका शुरेश पौढेलले जानकारी दिनु भयो ।

तेश्रो चरणमा वडा स्तरमा अन्तरक्रिया गरेर दिवस मनाउने कार्यक्रम तय भएको छ । जसका लागि वडानं. १ मा धानखोला कृषि सहकारी संस्थालाई जिम्मेवारी प्रदान गरिएको छ भने वडानं.२ र ३ को कार्यक्रमकालागि दक्षिण देउखुरी धिकार मञ्चलाई जिम्मोरी प्रदान गरिएको गाउापालिकाले जनाएको छ ।

त्यस्तै वडानं. ४ र ५ मा सिपि नेपालले कार्यक्रम सम्पन्न गर्ने जिम्बेवारी लिएको छ भने वडानं. ६ र ७ मा नेपाल रेडक्रस तथा नवस्वर्गद्धारी महिला सहकारी एवं देउखुरी सामुदायिक पुस्तकालय लगायतका संघसंसथाहरुलाई जिम्मेवारी प्रदान गरिएको छ । यसैगरि वडानं. ८ मा शान्ती पुर्नस्थापना गृह कोइलाबासले जिम्मेवारी लिएको गाउँपालिकाले जनाएको छ ।

बिद्यालय स्तरिय कार्यक्रम अन्तर्गत १,२ र ३ वडाका सरकारी तथा निजी बिद्यालयहरुलाई समेटेर सरस्वती माध्यमिक बिद्यालय बिद्यानगर गोबरडिहामा बक्तृत्वकला प्रतियोगिता गरिने भएको छ भने ४ र ५ का बिद्यालयहरु समेटिने गरि माबि चैनपुरमा प्रतियोगिता आयोजना गरिने भएको छ । त्यस्तै वडानं. ६,७ र ८ लाई समेटेर जनता माध्यमिक बिद्यालय गढवामा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ ।

सबै वडा स्तरा कार्यक्रम सम्पन्न भै सकेपछि २४ मंसिरमा गढवामा समापन कार्यक्रम राखिने र सो अवसरका औपचारीक कार्यक्रमको आयोजना गरि ३ जना महिलाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पालिकाले जनाएको छ । सोहि दिन बक्तृत्वकलामा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको गाउँपालिकाको महिला तथा वालवालीका शाखाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]